Sunday, September 13

गृह पृष्ठ

अल्पायुमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

#, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायुमै मृत्यू हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन गरेको हो । नसर्ने रोगको बेलामै पहिचान गरी नियमित औषधी उपचार गरे अल्पायूमै मृत्यू र अंगभंग हुनबाट बच्न र बचाउन सकिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । अचार्यका अनुसार नगर क्षेत्रका ३० बर्षदेखि माथिकालाई उच्च रक्तचाप, मधुमेह, मृगौला, पिसाब, उचाई र तौलको आधारमा बीएमआई परीक्षण गरिएको हो । नेपालमा हाल नसर्ने रोगहरुको ठूलो भार रहेको जनाईएको छ । अभियान अन्तर्गत हालै दिक्तेलबजारको हाटडाँडामा ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये १८ जनामा उच्च रक्तचाप ६ जनामा मधुमेह, पाँच जनामा मृगौलाको समस्या, १२ जनामा अत्याधिक मोटोपना र ३० जनामा मोटोपना देखिएको छ । समध...

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआव्जा नपाएको गुनासो गरेका हुन् । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत वि.सं. २०७७ भदौ–१६ गते नेशनल ग्रिडमा जोडिएको थियो । जलविद्युत आयोजनाको ट्रान्समिसन र पाइपलाईन विस्तारका क्रममा प्रयोग गरिएको...

होलीको साँझमा बबिनाको तहल्का

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा आज (बिहीबार) साँझ सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि उचालेको हो । प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निक्कै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा पाँचौँ संस्करणको उपाधि चुम्नबाट चुकेको हो । प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रु एक लाख ३३ हजार ३३३ तथा उपविजेता ...

उद्योगमार्फत दुना–टपरीको व्यवसायिक उत्पादन

#, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत ब्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न सुरु गर्नुभएको हो । बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताउनुभयो । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईको भनाई छ । दुना–टपरी सालको पातबाट बनाइन्छ । दुना–टपरीको कारण सालको पातको समेत सदुपयोग हुने गरेको छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोटा एक रूपैयाँका दरले दिने गरेको राईको सुनाउनुभयो । प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने उद्योग ...

पाँचौ सोल्मा वडा कपको उद्घाटन ब्यानर भारतमा उत्रियो

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
फागुन–२५, खोटाङमा आयोजित ‘पाँचौ सोल्मा वडा कप पुरुष  फुटबल प्रतियोगिता’को उद्घाटनमा उडाईएको ब्यानर भारतको सिलगुढीमा भेटिएको छ । आयोजक सोल्मा स्पोट्र्स क्लब सोल्माको खेल मैदानबाट उडाईएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीय महिला आनान्या सरकारले भेटाएकी हुन् । पाँचौं संस्करणको उद्घाटन शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको हो । बेलुन र ब्यानर फेला पारेकाबारे स्वयम आनन्याले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । पूर्बघोषणा अनुरुप उद्घाटनमा उडाईएको बेलुनसहितको ब्यानर फेला पार्ने ब्यक्तिलाई नगद पाँच हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएकोे क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जनाउनुभयो । उद्घाटन ब्यानर भेट्ने आनन्यालाई पुरस्कार प्रदान गर्न र ब्यानर फिर्ता लिन आईतबार क्लबका प्रतिनिधि भारत पठाईएको आयोजकले बताएको छ । फागुन–२९ गते समापन हुने प्रत...

दिक्तेलबजारमा लोकसेवाको निःशुल्क दुई महिने तयारी कक्षा

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, २५ फागुन । दिक्तेलबजारमा निःशुल्क दुई महिने लोकसेवा आयोग तयारी कक्षा सञ्चालन भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति विधार्थी महासंघ, खोटाङले दुई महिने तयारी कक्षा सञ्चालन गरेको हो । यही फागुन–२२ बाट जारी निःशुल्क कक्षामा ६० जना बिद्यार्थी सहभागी रहेको आदिवासी जनजाति विधार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताउनुभयो । तयारी कक्षा दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भईरहेको अध्यक्ष राईले बताउनुभयो । दुई महिने कक्षामा खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाई छ । महासंघले अघिल्लो बर्षहरुमा पनि निःशुल्क रुपमा तयारी कक्षाको ब्यवस्था गर्दैआएको थियो ।।  ...

हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार
खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवम् पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि नेपाल सरकारका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा. महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई लगायतले ११५ औँ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जना...

बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई माओवादी केन्द्रले ग¥यो निलम्बन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले बिना जानकारी अमेरिका बस्दै आउनुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले कटवाललाई निलम्बन गरेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । बिना जानकारी अमेरिका बस्दै आउनुभएका वडाध्यक्ष कटवाललाई कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको थियो । माओवादी केन्द्रको प्रदेश समिति अध्...

देश विकासमा महिलाको योगदान महत्वपूर्ण छ : प्रवक्ता डा. महत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ फागुन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस प्रवक्ता डा. महतले देश विकासमा महिलाले खेलेको भूमिकाको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका काँग्रेस प्रवक्ता डा. महतले राजनीतिमा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । “महिलाहरु जागरुक छन् । सक्रिय छन् । जिम्मेवारी पाउने बित्तिकै आफ्नो जिम्मेवारी पूरा गर्छन्”, उहाँले भन्नुभयो, “महिला सशक्तिकरणको पक्षमा हाम्रो पार्टीले पनि अभियान चलाएको छ । आगामी दिनमा महिलालाई राजनीतिक, आर्थिक, रोजगारी र सामाजिक काममा बराबरी सहभागिता गराउने योजना बनाएका छौँ ।” त्रिधार्मिकस्थल हलेसी मन्दिरको प...