सबैको ध्यान “राष्ट्रिय बाँस सम्मेलन–२०८१” तर्फ
फागुन–१२, यतिखेर खोटाङबासी लगायत बाँस क्षेत्रसँग सम्बन्ध र सरोकार राख्ने सबै पक्षको ध्यान “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”तर्फ केन्द्रीत भएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन १५, १६ र १७ गते दिक्तेलबजारमा आयोजना गर्न लागेको ऐतिहासिक बाँस सम्मेलनतर्फ नगरबासी, जिल्लाबासी तथा देशभरका सम्बन्धित र सरोकारवाला पक्षको ध्यान खिचिएको हो ।
“जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनको तयारी करिब पूरा भईसकेको छ । सम्मेलनमा आमन्त्रित तथा सहभागी बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्यको टुंगो लागिसकेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा ...
