तीनपटक प्रथम भएसँगै रणभीम गणले पच्यो वाहिनीपति ट्रफीको उपाधि
खोटाङ, १४ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङ ‘वाहिनीपति ट्रफी–२०८३’ अन्तरगतका चार खेलमा स्वर्ण पदक हासिल गर्दै च्याम्पियन बनेको छ । वाहिनी अड्डा अन्तरगत विभिन्न जिल्लाका ब्यारेकमा आयोजना गरिएको नौँ विद्याका खेलहरुमध्ये भलिबल, बास्केटबल, स्वीमिङ र एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दै गण तेस्रो पटक च्याम्पियन बनेको हो ।
वि.सं. २०८१ सालदेखि लगातार तीनपटक च्याम्पियन बनेसँगै रणभीम गणले वाहिनीपति ट्रफीको रनिङ शिल्ड पचाउन सफल भएको छ । लगातार तीन पटक च्याम्पियन भएसँगै बाहिनी अड्डा अन्तरगतका गणहरुमध्ये रणभीम गण सर्वोत्कृष्ट भएको वाहिनी अड्डा उदयपुरले जनाएको छ ।
रणभीम गण च्याम्पियन बनेसँगै नम्बर १८ बाहिनी अड्डा भुल्के उदयपुरका वाहिनीपति सहायकरथी बिमलकुमार बस्नेतले गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेलाई ट्रफी प्रदान गर्नुभएको छ । वाहिनी अड्डामा शनिबार आयोजना ग...









