एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेपालले चालू आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ।
गत आवको सोही अवधिमा भन्दा यो वर्ष नेपालको आयात ३१.९७ प्रतिशतले बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको थियो।
त्यस्तै यो वर्ष चैतसम्म नेपालको निर्यात पनि ६९.४४ प्रतिशतले बढेको छ। ताजा तथ्यांकअनुसार १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको मात्र निर्यात भएको थियो।
योसँगै नेपालको व्यापारघाटा पनि २८.४७ प्रतिशतले बढेको विभागले जनाएको छ।
सवारीसाधन र पार्टपुर्जामा ९ महिनामै बाहिरियो ८२ अर्ब
नौ महिनामा व्यापारघाटाको आकार १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा १...
