Saturday, August 1

राजनीति

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट २५ वर्षीय युवक मिरेश राईको उम्मेदवारी घोषणा

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट २५ वर्षीय युवक मिरेश राईको उम्मेदवारी घोषणा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २६ मङ्सिर । राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी घोषणा गरेको छ । पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक मिरेशले उम्मेदवारी घोषणा गर्नुभएको हो । महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार मिरेश जेनजी आन्दोलनमा सहभागी युवक हुनुहुन्छ । प्रतिनिधिसभा चुनावका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा मिरेश कम उमेरको भएको राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ । युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको मिरेशले बताउनुभएको छ । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार...
श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङले मङ्सिर–२७ गते दिक्तेलको सभालाई सम्बोधन गर्नुहुने

श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङले मङ्सिर–२७ गते दिक्तेलको सभालाई सम्बोधन गर्नुहुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ मङ्सिर । श्रम संस्कृति पार्टी खोटाङले यही मङ्सिर–२७ गते (शनिबार) दिक्तेल बजारमा आमसभा गर्ने भएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गर्न लागिएको आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’, महासचिव आर्यन राई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुहुने श्रम संस्कृति पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जनतासँग प्रत्यक्ष भेटघाट तथा राजनीतिक जागरुकता अभिवृद्धिका लागि पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा बृहत् आमसभ ागर्न लागिएको जिल्ला संयोजक प्रताप राईले जानकारी दिनुभएको छ । “बृहत आमसभामा साँस्कृतिक झाँकीसहितको ¥याली, साकेला सिली प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुति लगायतका कार्यक्रम गरिनेछ । कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्”, उहाँले भन्नुभयो, “खोटाङमा श्रम संस्कृति पार्टीक...
दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, कमजोर व्यवस्थापनले सहभागीमा छैन उत्साह

दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, कमजोर व्यवस्थापनले सहभागीमा छैन उत्साह

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगर चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरभित्रका २१ वटा सामुदायिक तथा दुईवटा संस्थागत मावि, दुईवटा आधारभूत विद्यालय र दिक्तेल बहुमुखी क्याम्पसको सहभागिता रहेको छ । चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ५४ इभेन्टमा ५४ स्वर्ण, ५४ रजत र ७८ रजतगरी १८६ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सरस्वती माविका प्रधानाध्यपक शिवहरी ढकालले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । पाँच दिनसम्म ...
संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदोको, धान, तोरी तेल, राँगाको मासु, रायोको साग लगायत सङ्कलन तथा प्रशोधन गरेर बिक्री–वितरण गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले वि.सं. २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो । नेता राईको पसलमा अहिले मकैको च्याख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री उपलब्ध छ । भूम...
हलेसी तुवाचुङमा शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने कार्यक्रम लागू

हलेसी तुवाचुङमा शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने कार्यक्रम लागू

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २१ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय कार्यपालिका बैठकबाट पारित गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिकाअनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरेको हो । नगरपालिकाको कार्यालयमा शनिबार बसेको १३६ औँ कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी÷करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “स्थानीय भत्ता शिक्षकको तह अनुसार फरक–फरक हुन्छ । नगरपालिकामा कार्यरत शिक्षकले चालु आर्थिक वर्षको साउन–१ गतेबाट लागू हुनेगरी वर्षभरीमा साढे दश महिनाको स्थानीय भत्ता पाउनेछन्”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लाग...
बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो । बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ । नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयो...
सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १९ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो । गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तय...
कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, राजनीति, समाचार, समाज
खोटाङ, १८ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरुको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको हो । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश...
नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ यस वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाउने भएको हो । नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको नाष्टको पत...
एमाले महाधिवेशन प्रतिनिधि छनोट : खोटाङमा भाँडभैलो, निर्णय सच्याउन माग गर्दै उजुरी

एमाले महाधिवेशन प्रतिनिधि छनोट : खोटाङमा भाँडभैलो, निर्णय सच्याउन माग गर्दै उजुरी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १५ मङ्सिर । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा भाँडभैलो सुरु भएको छ । जिल्ला कार्यसमितिले सर्वसहमतिमा छनोट गरिएको भन्दै दश जनाको नाम सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले उक्त निर्णय सच्याउन माग गर्दै केन्द्रीय सङ्गठन विभागमा उजुरी दिएका छन् । नेकपा (एमाले) कोशी प्रदेश समितिलाई बोधार्थ दिइएको उजुरीमा २८ जना युवा नेताहरुले हस्ताक्षर गरेका छन् । कोशी प्रदेश समिति लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे लगायतका युवा नेताहरुले हस्ताक्षर गर्नुभएको उजुरीमा केन्द्रीय नेताहरुले आफ्नो गोजिका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै निर्णय सच्याउन माग गरेका छन् । केन्द्रीय नेताहरुले विधि र विधान विपरित निर्वाचन समितिलाई समेत बेवास्ता गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रहार गरेको असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमार्फत जनाएको छ । दिक्तेलस्थित एल्लो हाउसमा पत...