Friday, July 31

समाज

खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । खाेटाङमा गणना गरिएका मतमध्ये एक हजार २७७ मत बदर भएकाे पाइएकाे छ । केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ मत बदर भएकाे हाे । मतदातामा मतदाता शिक्षा नपुगेका कारण धेरै सङ्ख्यामा मत बदर भएकाे जनाइएकाे छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई छाप हालेकाे पाइएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ । एउटामात्र निर्वाचन क्षेत्र रहेकाे खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । केपिलासगढी गाउँपालिका-१ फेदीका आरेनले चार हजार ७७४ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे चार हजार ३७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजर ९९२, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे दुई हजार ८०८, ...
खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै

खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङमा भएकाे निर्वाचनकाे मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा केपिलासगढी, ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकाको १४,१४३ मत गणना सम्पन्न हुँदा आरेनकाे तीन हजार ७६४ पुगेकाे छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे तीन हजार ३८५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजनर छ तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे एक हजार ५३७ मत पुगेकाे छ । काँग्रेसका वीरकाजीभन्दा श्रम संस्कृति पार्टीका आरेनकाे ३७९ मतले बढी रहेकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे एक हजार ३०३, राष्ट्रि...
खाेटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता बढ्याे

खाेटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता बढ्याे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरन राईकाे निरन्तर अग्रता बढ्दै गएकाे छ । केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाकाे छ हजार १७७ मत गणना गर्दा आरेनकाे दुई हजार ३७६ मत पुगेकाे छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे एक हजार ४२५, नेपाल कमयुनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे ६५५, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि राेकाकाे ७४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे २७७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङकाे १५, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईकाे ११०, जनता समाजवादी पार्टी नेपालका सुनिल राईकने ११, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईकाे ३३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीकाे सात, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङकाे दुई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालकाे दुई, मङ्गाेल नेसनल अ...
खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे सुरुवाती अग्रता भएकाे छ । केपिलासगढी गाउँपालिकाकाे एक हजार ८७ मत गणना हुँदा आरेनले ४०६ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिनुभएकाे हाे । नेपाली काँग्रेसका वीरकाजी राईले ३२६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले १०६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले ११९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले २२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले छ, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले दुई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथाेकी ´सैलेश`ले तीन, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई, मङ्गाेल नेशनल अर्गनाइजेसन पार्टीका प्याग राईले एक र स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राईले एक मत प्राप्त गर्नुभएका...
खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा भर्खरैबाट मत गणना सुरु भएकाे छ । केपिलासगढी गाउँपालिका- ३ बास्पानी र साेही गाउँपालिकाकाे वडा नं. ४ बाक्सिलाबाट मत गणना सुरु गरिएकाे हाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा दिउँसाे १:०० बजे बसेकाे सर्वदलीय बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे थियाे । सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेपनि प्राविधिक कारणले अपरान्ह ४:५० बजेबाट मात्रै सुरु गरिएकाे हाे । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । एउटा गणनास्थलमा एक पटकमा दुई/दुईवटा मतदानस्थलकाे मत मिसाएर गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।...
सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा बसेकाे सर्वदलीय बैठकले जिल्लाका सबै वडाकाे छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेकाे हाे । बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । फागुन-२१ गते भएकाे सम्पन्न भएकाे निर्वाचनमा खसेकाे मतकाे मतपेटिका फागुन-२२ गते बिहानमात्रै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइपुर्याइएकाे हाे । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभर १३...
सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँपालिकाे मतपेटिका ल्याइएसँग मतपेटिका सङ्कलनकाे काम सम्पन्न भएकाे हाे । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।  ´निर्वाचन सम्पन्न भएर मतपेटिका सङ्कलनकाे कामसमेत सकिएकाे छ । अब सर्वदलीय बैठक बसाएर मत गणनाकाे काम सुरु गर्छाैँ`, उहाँले भन्नुभयाे, ´खाेटाङमा साैहार्दपूर्ण वातावरणमा निर्वाचन सम्...
प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाेटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ । टाढा रहेका सबै मतदान केन्द्रबाट भाेलि फागुन-२२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइको छ ।  नजिकै रहेका मतदानस्थलहरुबाट मतपेटिकाहरु आउन थालेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमु...
उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ७ फागुन । जेसिबिले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं. ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना १ क ७३४७ नम्बरको जेबिसिले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । सडक निर्माण गर्न लगिएको जेसिबि बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा निर्माणस्थल नपुगी बिग्रिएपछि मर्मत गरिएको थियो । मर्मतपछि काम सुरु गरेको करिब एक घण्टा नबित्दै जेसिबिले पहिरो पन्छाउनेक्रममा माथिबाट खसालेको ढुङ्गा करिब ४०० मिटर तल बसीरहनुभएका राईको टाउकोमा झरेर लाग्दा उहाँको घटनास्थलैमै मृत्यु भएको स्थानीयले बताएका छन् । च्यास्मिटारमा घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबि र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्...
पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन अस्पतालले निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेको हो । अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेलगत्तै दुई जना महिलाको सफल उपचार गरिएको अस्पतालका प्रमुख डाक्टर अमिताब ठाकुरले जानकारी दिनुभएको छ । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब कुनै पनि महिलाले त्यो बाध्यता व्यहार्नु पर्दैन”, उहाँले भन्नुभयो, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ । जिल्लामै पहिलोपटक यो शल्यक्रियास...