Monday, September 14

कृषि

उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २६ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाअभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम अन्तरगत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गर्दै प्राविधिक सहयोगसमेत उपलब्ध गराउने गरिएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रतिवर्ष दश लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । महाअभियान अन्तरगत यो वर्ष नगरपालिकाभित्र कम्तिमा पनि आठ हेक्टर क्षेत्रफल जमिनमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको नगर उपप्रमुख विशन रा...
बाँदर सङ्कट र सशक्त सत्याग्रह

बाँदर सङ्कट र सशक्त सत्याग्रह

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, विचार, समाचार, समाज
–तीर्थराज भट्टराई नेपालका ग्रामीण भेगमा मानव–वन्यजन्तु द्वन्द्व दिनप्रतिदिन जटिल बन्दै गएको छ । विशेषगरी खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर आतङ्क गम्भीर समस्याको रूपमा रहेको छ । बाँदरको समस्याबाट कृषकहरु आर्थिक क्षति सँगसँगै सामाजिक र मनोवैज्ञानिक रूपमा पनि पीडित बनेका छन् । राष्ट्रिय तथ्यॅाक हेर्दा ७७ जिल्लामध्ये रामेछाप पछाडि खोटाङ उच्च बसाइँसराइ हुने जिल्लामध्ये दोस्रोमा पर्दछ । बाँदरले कृषकद्वारा खेतबारीमा लगाइएको अन्नबाली केही क्षणमा नै ध्वस्त गरिदिन्छन् । कृषकले दुःख गरेर उत्पादित खाद्यान्न नष्ट भएपछि उनीहरु गाउँ छोडेर अन्यत्र जान बाध्यता बनेका छन् । मानव– वन्यजन्तु द्वन्द्व र बसाइँसराइ हाम्रो नगरपालिकाका १५ वटै वडामा बाँदरको डरलाग्दो समस्या छ । मकै, कोदो, भटमास, दाल, आलुजस्ता मुख्य अन्नबाली तथा सागसब्जीमा हुने क्षतिले कृषकको वर्षभरीको मेहनत व्यर्थ हु...
रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड

रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ४ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू–संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्र...
कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन

कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले दिक्तेल बजारमा कृषि मार्ट सञ्चालनमा ल्याएको हो । कृषकको उत्पादनले बजारसम्मको पहुँच पाउन नसक्दा कृषि पेशाप्रति नै बितृष्णा पैदा हुँदै गएकाले त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न सालपा कृषि कम्पनी स्थापना गरेर कृषि मार्ट सञ्चालन गरिएको कम्पनीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभएको छ । “देशमा युवा जनशक्तिको पलायन, जनसङ्ख्या बृद्धिदरमा कमी र बसाइँसराइका कारण खेतबारी बाँझिनेक्रम बढ्दो छ । जिल्ला आयातित खाद्यान्नमा निर्भर हुदै गएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा प्राङ्गार...
जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी वैशाख–४, ५ र ६ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दिक्तेल बजारमा पहिलो पटक जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाउने भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू–संरक...
किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान

किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३० चैत । जन्तेढुङ्गा गाउँपालिकाले स्थानीय किसानलाई मौरीको आधुनिक घारसहित निःशुल्क तालिम प्रदान गरेको छ । गाउँपालिकाको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत विनियोजन गरिएको बजेटबाट किसानलाई मौरीको आधुनिक घारसहित १५ दिने व्यवसायिक तालिम उपलब्ध गराइएको हो । परम्परागतरुपमा मौरी पालन गर्दै आएका किसानलाई व्यवसायिक बनाउन आधुनिक मौरीको घारसहितको तालिम उपलब्ध गराइएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकावासीले बिगतदेखि नै परम्परागतरुपमा मौरी पालन गरिरहेका छन् । उनीहरुलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “किसानका लागि गाउँपालिकाले लगातार तीन वर्षदेखि तालिम दिइरहेको छ । गाउँपालिकाले उपलब्ध गराएको तालिम लिएका १२ जना किसानले व्यवसायिक मौरी पालनसमेत सुरु गरेका छन् ।” स्थानीय किसानला...
हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये सर्वोत्कृष्ट भएपछि नेपाल नगरपालिका सङ्घले ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’सहित सम्मान गरेको हो । नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसको अवसर पारेर राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगरप्रमुख विमला राईले सभामुख डोलप्रसाद अर्यालको हातबाट अवार्ड ग्रहण गर्नुभएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा आधारमा देशभरका नगरपालिकामध्ये हलेसी तुवाचुङले उच्च अङ्क ल्याउँदै सुशासन कायम गरेकाले सम्मान गरिएको आयोजकले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाले पछिल्लो समय आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्...
जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, सूचना प्रविधि, स्वास्थ्य
खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल्लास्थित दशवटै स्थानीय तहले गरेका कार्यक्रमको अर्धवार्षिक समीक्षाको अवसर पारेर आज (बुधबार) व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो । सम्मानित हुने व्यक्तिहरुमा नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, खेलकुद प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सञ्जयकुमार राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई, सिर्जनशील नेपाली कागज उद्योग सञ्चालक जयनारायण राई, सिनियर अहेव राजकिशोर साह, खेलाडी रोसेश श्रेष्ठ, निर्माण व्यवसायीहरु महेश रेग्मी र जोसेफ रिजाल, अगुवा कृषकहरु सरला राई र जीवनाथ आचार्य रहनुभएको छ । यस्तै, संस्थातर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी...
हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरुमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो,...
बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ १६ चैत । बाँदरको समस्य हल गर्न माग गर्दै जिल्लाका किसानले कृषि औजारसहित दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका छन् । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित आज (सोमबार) दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका हुन् । कृषि औजारसहित बिरोधमा उत्रिएका जिल्लाका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट सुरु भएको बिरोध ¥याली त्रिवेणीचोक–भानुचोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर टुङ्गिएको थियो । बिरोध ¥याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परि...