Friday, July 31

शिक्षा

शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले निःशुल्क गराए आँखाको उपचार

शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले निःशुल्क गराए आँखाको उपचार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत–१९, २० र २१ गते सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा १४९ जनाको आँखाको शल्यक्रिया, ४८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण, ७७० जनालाई औषधि वितरण र ११५ जना शल्यक्रिया गरिएका बिरामीलाई कालो चस्मा वितरण गरिएको हो । दिक्तेल बजारस्थित आँखा उपचार केन्द्र दिक्तेलको भवनमा आयोजना गरिएको निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको र...
निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । आयोगको यही चैत–१८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर–६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने जनाइएको छ । आफ्नो फोटो तथा औँठाछ...
दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रम अन्तरगत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भानुभक्तको सालिक पुनः निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाईल जडान, रङरोगन...
दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ३४७ बालबालिकाले सबै खालका खोपको मात्रा पाएको निश्चत भएपछि आज (बिहिबार ) नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनश्चिति नगरपालिका घोषणा गर्नुभएको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थिति अ...
दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा बिहीबारदेखि तीनदिने निःशुल्क शिविर सुरु भएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकलाई चश्मा वितरण, आँखाको शल्यक्रियापछि कालो चश्मा तथा औषधि वितरण गरिने नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभएको छ । शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोली दिक्तेल आएको छ जनाइएकाे छ । शिविरबाट एक हजार १०० जना भन्दाबढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको सभापति कसजुले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा नेपाल नेत्र...
बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा रु पाँच लाखको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व. छोराहरु राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् । मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राई ‘एक्ले’ले बताउनुभएको छ । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्यहरु मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।” मुग...
दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुई–दुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो । शुद्धीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयहरुलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताउनुभएको छ । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिदगरी विद्यालयहरुलाई हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विद्यालयहरूमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धिकरण गरी सुरक्...
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वर्ष खोटाङका दुई हजार ८५७ जना विद्यार्थी सहभागी हुने भएका छन् । साधारणधारको नियमितमा दुई हजार ४५१ जना, साधारणधारकै ग्रेडवृद्धितर्फ २४८ जना, प्राविधिकधारको नियमितमा १५५ जना र प्राविधिकधारकै ग्रेडवृद्धितर्फ तीन जना विद्यार्थी सहभागी हुने भएका हुन् । एसइई परीक्षा सञ्चान गर्न जिल्लामा २० वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका तीर्थ विश्वकर्माले जानकारी दिनुभएको छ । “यस वर्षको एसइई परीक्षा यही चैत–१९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ । परीक्षाका लागि केन्द्र निर्धारण गरेर प्रश्नपत्रसमेत ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “हरेक दिन बिहान ८ः०० बजेबाट सुरु हुने एसइई परीक्षामा जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । देशभर एकैसाथ सञ्चालन हुने एसइई परीक्षाको तयारी जिल्लामा समेत ...
कोरिया पठाउने बहानामा गोरखाका सुजनबाट खोटाङकी अनुशा ठगीमा

कोरिया पठाउने बहानामा गोरखाका सुजनबाट खोटाङकी अनुशा ठगीमा

#, अर्थ, कोशी प्रदेश, गण्डकी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २७ फागुन । गोरखा नगरपालिका–७ गोरखाका सुजन उपरकोटीले कोरिया पठाउने बहानामा खोटाङकी अनुशा तामाङलाई रु एक लाख ठगी गरेको पाइएको छ । धार्मिक सेमीनारका लागि भिजिट भिषा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पुर्खौली थलो भइ हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी अनुशालाई ठगी गरेको पाइएको हो । अनुशाबाट अनुशाले कोरिया पठाइदिने भन्दै गत साउनमा बैङ्किङ कारोबारमार्फत रु एक लाख लिएको प्रमाण प्राप्त भएको छ । हाल मनमैजु बस्दैआएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गर्नुभएको छ । कोरिया जान तत्काल रु एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर सुजनको खातामा क्यूआर गरिदिएको पाइएको छ । कोरिया पुग्ने सपनामा अनुशाले सुजनलाई गत साउन–१४ गते रु ५० हजार र साउन–१९ गत...
खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे हाे । केपिलासगढी गाउँपालिका-१ फेदी निवासी उम्मेदवार आरेनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएकाे छ । देवबिक्रमले पाँच हजार ८४५ प्रप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । यसअघिसम्म दाेस्राे स्थानमा रहेकाे नेपाली काँग्रेसका वीरकाजी राईले पाच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समा...