पत्रकार महासङ्घ खोटाङद्धारा दुईजना पत्रकार पुरस्कृत तथा पाँचजनालाई सम्मान
खोटाङ, ९ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजनालाई सम्मान गरेको छ । पत्रकार महासङ्घ खोटाङले आफ्नो १२ औँ साधारणसभा उद्घाटनको अवसर पारेर शनिबार जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँजना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा पत्रकार महासङ्घका पूर्वसचिव उत्तम चौलागाईँ तथा वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहनुभएको छ । कान्तिपुर टेलिभिजनका खोटाङ सम्वाददाताका रुपमा कार्यरत चौलागाईँ र एभी न्यूज टेलिभिजनका खोटाङ सम्वाददाता ठटाललाई यस वर्षको “विकास पत्रकारता पुरस्कार’ प्रदान गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ ।
पत्रकार चौलागाईँ र ठटालले जिल्लामै रहेर समाज, देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद रु पाँच÷पाँच हजार राशिको पुरस्कार प्रदान गरेको छ । तत्कालीन जिल...









