Sunday, September 20

समाचार

जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १७ जेठ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्नेगरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जोर्तीघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत मिलेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ । “पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको छ ...
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ–१५ गते प्रस्तुत गर्नुभएको बजेटमा समावेश गर्नुभएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि यसै आर्थिक वर्ष ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमार्फत जानकारी दिनुभएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँ...
किरात समुदायको आस्थाको केन्द्र ‘साल्पा–सिलिचुङ’ क्षेत्रमा मुन्दुमी बिरुवा रोपियो

किरात समुदायको आस्थाको केन्द्र ‘साल्पा–सिलिचुङ’ क्षेत्रमा मुन्दुमी बिरुवा रोपियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १५ जेठ । किरात समुदायको आस्थाको केन्द्र ‘साल्पा–सिलिचुङ’ आसपासका क्षेत्रमा मुन्दुमी बिरुवा रोपिएको छ । किरात मुन्दुमीस्थल साल्पा–सिलिचुङको संरक्षण तथा संवद्र्धन गर्नका लागि धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गा लगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएको हो । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइ राख्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष सँगीता नाछिरिङ राईले जानकारी दिनुभएको छ । “डढेलोका कारण साल्पा–सिलिचुङ वरपरका मुन्दुमी वनस्पतीहरु नास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न वृक्षरोपण गरिएको हो”, उहाँले भन्नुभयो, “यही जेठ–१० गतेदेखि सुरु गरिएको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । वृक्षरोपणले साल्पा पोखरीको पानी सुक्न नदिन र स...
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : जेठ १७, १८ र १९ गते काठमाडौँमा

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : जेठ १७, १८ र १९ गते काठमाडौँमा

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, १४  जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा जेठ १७, १८ र १९ गते चलचित्र महासङ्घले छैटौँ महोत्सवको आयोजना गर्ने भएको हो । काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्र प्रदर्शन गरिने महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र होइन । सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ”, उहाँले भन्नुभयो, “छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव...
जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका उम्मेद्वार राकेश राई र प्रदेश समिति सदस्य एवम् खोटाङ जिल्लाका कार्यवाहक पार्टी अध्यक्ष तथा केपिलासगढी गाउँपालिकाका निर्वाचित उपप्रमुख गुरुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्य राकेश र प्रदेश सदस्य एवम् कार्यवाहक जिल्ला अध्यक्ष गुरुराज बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो । नवप्रवेशी नेताद्धयलाई पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’, उपाध्यक्ष देवराज लामा, महासचिव एवम् खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राई, उपमहासचिव समीर तामाङ, विदेश विभाग प्रमुख तेज राई लगायतले स्वागत गर्नुभएको छ । नेपालमा अबको राजनीतिक निकास श्रम संस्कृति पार्टीले मात्रै द...
रेश्मिकाको बलात्कारपछि हत्या प्रकरण : नौँ महिनापछि थप तीन युवा पक्राउ

रेश्मिकाको बलात्कारपछि हत्या प्रकरण : नौँ महिनापछि थप तीन युवा पक्राउ

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, समाचार, समाज
खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न भएको आशङ्कामा थप तीनजना पक्राउ परेका छन् । गत भदौ–३० गते राति मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि घटनामा संलग्न रहेको आशङ्कामा जेठ–१२ गते मङ्गलबार बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशको आधारमा मङ्गलबार तीन जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज–१ गते पक्राउ गरेर जिल्ला अदालत खोटाङको आदेशमा प...
भारतमा उपचाररत क्यान्सरपीडित कठेतलाई उद्योग वाणिज्य सङ्घको आर्थिक सहयोग

भारतमा उपचाररत क्यान्सरपीडित कठेतलाई उद्योग वाणिज्य सङ्घको आर्थिक सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १२ जेठ । उद्योग बाणिज्य सङ्घ खोटाङले क्यान्सरबाट सिकिस्त बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका सन्तोष कठेतलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । फोक्सोमा क्यान्सर भएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पताल गएर उपचार गराइरहनुभएका व्यवसायी कठेतलाई वाणिज्य सङ्घले रु चार लाख १७ हजार ७६५ सहयोग रकम जुटाएर प्रदान गरेको हो । महङ्गो खर्चमा भारत पुगेर उपचार गराइरनुभएका व्यवसायी कठेतको उपचारमा सहयोग पु¥याउन दिक्तेल बजारका २५० जना व्यवसायीबाट रकम सङ्कलन गरिएको वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । वाणिज्य सङ्घले सङ्कलन गरेको नगद रकम मङ्गलबार दिक्तेलमा आयोजित कार्यक्रममा बिरामीका भाइ एवम् निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतलाई हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सदस्यको जीवन रक्षाका लागि दिक्तेल बजारमा सोमबार र मङ्गलबा...
श्रीमान र दुई छोराछोरी छाडेर दोस्रो विवाह गरेको चार महिनामै शान्तिको हत्या

श्रीमान र दुई छोराछोरी छाडेर दोस्रो विवाह गरेको चार महिनामै शान्तिको हत्या

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १२ जेठ । अर्काको श्रीमतीलाई आफ्नो घर भित्र्याएको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुनमा श्रीमान र दुई छोराछोरी छाडेर राजकुमारको घर भित्रिएकी २८ वर्षीया शान्ति चर्मकारको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले राजकुमारलाई पक्राउ गरेको हो । श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमारले जेठ–९ गते बिहान आफ्नो श्रीमती शान्तिको लडेर मृत्यु भएको भन्दै आफन्त तथा छिमेकीलाई खबर गरेपछि घटना सार्वजनिक भाएको थियो । हत्या आरोपित राजकुमारले आफन्तलाई दिएको जानकारीको आधारमा घटनास्थल पुगेका स्थानीयले आफ्नै घरभित्र खाटमाथि शङ्कास्पद अवस्थामा शान्तिको शव फेला पारेका थिए । घटनास्थल पुग्दा मृतक शान्ति चर्मकारको शरीरभरि निलडाम देखिएको बाँझेच्यानडाँडाका वडा सदस्य मुगाधन राईले जानकारी दिनु...
खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १२ जेठ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरुको घरमै पु¥याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले सोमबार जिल्ला हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो । गत वैशाख–१५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पु¥याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिनुभएको छ । “राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण सङ्कलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घर...
नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर विजयी

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर विजयी

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ जेठ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३ औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्षका चारजना उम्मेदवारलाई पराजित गर्दै रक्षाबहादुर १९६ मतसहित केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न गरिएको निर्वाचनमा नवनिर्वाचित अध्यक्ष रक्षाबहादुरको निकटतम् प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना गरिएको मगर सङ्घको १३ औँ राष्ट्रिय महाधिवेशनमार्फत समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्ष महिलामा सीता राना मग...