प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
खोटाङ, ११ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको छ । करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते तामझामका साथ उद्घाटन गर्नुभएको थियो ।
तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले वि.सं. २०७६ असार–१ मा शिलान्यास गर्नुभएको उद्योगमा नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानी गरिएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक प्राङ्गारिक मल उद्...









