हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता
खोटाङ, २२ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो ।
हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरुमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो,...









