सुमो चालकलाई बन्दुक ताक्ने काँग्रेस नेतालाई कारबाही गर्न १४ यातायात व्यवसायी संस्थाको माग
खोटाङ, १७ भदौ । सुमो चालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नेता राईले सोमबार बिहान ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक सविन तामाङलाई बन्दुक तेर्साएर रकम मागेको भन्दै उनलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् ।
नेता राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेको पाइएको छ । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल याताय...
