Monday, April 20

समाचार

आज गाईजात्रा मनाइँदै

आज गाईजात्रा मनाइँदै

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो  । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।...
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवे...
बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ । बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् । यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।...
प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।...
मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमु...
नेकपा एमालेकाे पार्टी कार्यालयकाे उद्‍घाटन

नेकपा एमालेकाे पार्टी कार्यालयकाे उद्‍घाटन

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद

जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
जाजरकोटमा तीन नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाका फरक-फरक स्थानबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो । प्रहरी चौकी पैंकबाट गस्तीमा गएको प्रहरीको टोलीले कुशे गाउँपालिका–८, बिजुलीडाँडास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ । यसैगरी छेडागाड नगरपालिका–५ चिसापानीबाट र सोही नगरपालिका-२ मजेरीस्थित जंगलबाट ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
फेरि एमाले प्रवेश गर्ने भइन् पूर्वराजदूत लक्की शेर्पा

फेरि एमाले प्रवेश गर्ने भइन् पूर्वराजदूत लक्की शेर्पा

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
संविधान सभाकी सदस्य एंव पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गर्ने भएकी छन्। शेर्पाले आफू आजै एमाले प्रवेश गर्न लागेको जानकारी दिइन्। एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउँदै छन्। शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।  ...
महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसकेका छन् । लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो । जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताए ।बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए । यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ । आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेको छ । लोसपामा देशभर...
एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेपालले चालू आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा भन्दा यो वर्ष नेपालको आयात ३१.९७ प्रतिशतले बढेको हो। भन्सार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको थियो। त्यस्तै यो वर्ष चैतसम्म नेपालको निर्यात पनि ६९.४४ प्रतिशतले बढेको छ। ताजा तथ्यांकअनुसार १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको मात्र निर्यात भएको थियो। योसँगै नेपालको व्यापारघाटा पनि २८.४७ प्रतिशतले बढेको विभागले जनाएको छ। सवारीसाधन र पार्टपुर्जामा ९ महिनामै बाहिरियो ८२ अर्ब नौ महिनामा व्यापारघाटाको आकार १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा १...