डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम
खोटाङ, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले मतदाताको अपेक्षा बुझ्न तथा उनीहरुले उठाएका सवालको जवाफ दिन ‘उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद’ कार्यक्रम सुरु गर्नुभएको छ । अर्थ तथा बाम राजनीतिक विश्लेषकसमेत रहनुभएका उम्मेदवार डा. रोकाले जिल्लाका दशवटै स्थानीय तहका मतदाताको अपेक्षा बझ्न र आफू निर्वाचित भएपछि प्रतिनिधिसभामा गएर उनीहरुको अपेक्षाअनुसारका नीति निर्माण गर्न जनसम्वाद कार्यक्रम सुरु गर्नुभएको हो ।
जनसम्वाद कार्यक्रममा मतदातासँग प्रत्यक्ष प्रश्नोत्तर तथा फोन र एसएमएसमार्फतसमेत उम्मेदवारलाई प्रश्न गर्ने व्यवस्था मिलाइएको चुनाव प्रचार–प्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ । “उम्मेदवारसँगको जनसम्वाद कार्यक्रमलाई रेडियो तथा अनलाइनमार्फत लाइभ प्रशारण गर्छौँ । यसले उम्मेदवारलाई मतदाताप्रति उत्तरदायी बनाउनुका साथै मतदाताक...









