आफूले उत्पादन गरेको किवीले बजार नपाउँदा कृषक चिन्तित
खोटाङ, १७ मङ्सिर । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्म फलेका किवी पाकिसकेका छन् । विसं. २०७० सालबाट किवीको व्यवसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किवी कृषक हुनुहुन्छ ।
शुरुका वर्षहरुमा प्रति केजी रु ४०० सम्मले किवी बिक्री गर्नुभएका राईले यस वर्ष पाकिसक्दा पनि बोटबाट टिप्नुभएको छैन । राईको फार्ममा यस वर्ष करिब चार हजार किवी उत्पादन भएको जनाइएको छ ।
विशेषगरी किवीका बिरुवा (बेर्ना) उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष रु १४ लाख बढीको बिरुवा बिक्री गर्नुएको थियो । करिब २५ रोपनी खोतीयोग्य जमिनमा किवी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भवना नभएपछि वाइन, हुस्की, जुस लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनी जमिनमा किवी खेती गर्नुभएको छ । एघार वर्षअघि व्यवसायिकरुपमा किवी...
