जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश
खोटाङ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका उम्मेद्वार राकेश राई र प्रदेश समिति सदस्य एवम् खोटाङ जिल्लाका कार्यवाहक पार्टी अध्यक्ष तथा केपिलासगढी गाउँपालिकाका निर्वाचित उपप्रमुख गुरुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्य राकेश र प्रदेश सदस्य एवम् कार्यवाहक जिल्ला अध्यक्ष गुरुराज बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो ।
नवप्रवेशी नेताद्धयलाई पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’, उपाध्यक्ष देवराज लामा, महासचिव एवम् खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राई, उपमहासचिव समीर तामाङ, विदेश विभाग प्रमुख तेज राई लगायतले स्वागत गर्नुभएको छ । नेपालमा अबको राजनीतिक निकास श्रम संस्कृति पार्टीले मात्रै द...









