Saturday, September 19

ताजा समाचार

दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, २७ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी वैशाख–३ गतेदेखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरुपमा महोत्सव गर्ने भएको हो । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभएको छ । “प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ । युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै एआइको...
जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, सूचना प्रविधि, स्वास्थ्य
खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल्लास्थित दशवटै स्थानीय तहले गरेका कार्यक्रमको अर्धवार्षिक समीक्षाको अवसर पारेर आज (बुधबार) व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो । सम्मानित हुने व्यक्तिहरुमा नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, खेलकुद प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सञ्जयकुमार राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई, सिर्जनशील नेपाली कागज उद्योग सञ्चालक जयनारायण राई, सिनियर अहेव राजकिशोर साह, खेलाडी रोसेश श्रेष्ठ, निर्माण व्यवसायीहरु महेश रेग्मी र जोसेफ रिजाल, अगुवा कृषकहरु सरला राई र जीवनाथ आचार्य रहनुभएको छ । यस्तै, संस्थातर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी...
पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृति सङ्ग्रहालय निर्माण सुरु

पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृति सङ्ग्रहालय निर्माण सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २४ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरेको हो । बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक÷एक करोड बजेट उपलब्ध गराएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । नगरप्रवक्ता गिरीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाले विनियोजन गरेको बजेटबाट सुदेवी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले रु ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा ल...
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २३ चैत । ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जित्नुभएको छ । महिला÷पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा नौँ घण्टा २१ मिनेटमा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा दश घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ छ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ सात घण्टा छ मिनेटमा दूरी पार गर्दै तेस्रो हुनुभएको जनाइएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामाखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको स...
हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका ९४ परिवारलाई निःशुल्क जस्तापाता

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ घर पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले १७० भन्दा बढी घरहरुमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएका ९४ घरलाई जस्तापाता उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो,...
शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले निःशुल्क गराए आँखाको उपचार

शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले निःशुल्क गराए आँखाको उपचार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत–१९, २० र २१ गते सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा १४९ जनाको आँखाको शल्यक्रिया, ४८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण, ७७० जनालाई औषधि वितरण र ११५ जना शल्यक्रिया गरिएका बिरामीलाई कालो चस्मा वितरण गरिएको हो । दिक्तेल बजारस्थित आँखा उपचार केन्द्र दिक्तेलको भवनमा आयोजना गरिएको निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको र...
निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । आयोगको यही चैत–१८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर–६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने जनाइएको छ । आफ्नो फोटो तथा औँठाछ...
दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रम अन्तरगत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भानुभक्तको सालिक पुनः निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाईल जडान, रङरोगन...
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ चैत । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । पूर्वाधार विकास कार्यालयसँग २६ वटा योजनामा ठेक्का सम्झौता गर्ने १९ वटा निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा.लि. काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा.लि. धादिङ, शान्तिभूमी कन्ट्रक्सन प्रा.लि. खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्ट्रक्सन खोटाङ, निर्मा मन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. खोटाङ, रानासाम्पाङ कन्ट्रक्सन प्रा.लि. खोटा...
सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारको व्याङ्ग्यात्मक विरोध

सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारको व्याङ्ग्यात्मक विरोध

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, सूचना प्रविधि
खोटाङ, २० चैत । निजी क्षेत्रका सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्ने नेपाल सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी कार्यालयबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय तत्काल सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घ खोटाङमा आवद्ध पत्रकारहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । सरकारको निर्णयलाई विरोध जनाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले शुक्रबार व्याङ्ग्यात्मक रुपमा सरकारलाई रु एक उपहार पठाएको छ । पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्य नेतृत्वको टोलीले खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै रु एक उपहार पठाएका हुन् । सरकारको यो निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई पूर्णरुपमा बन...