हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति
खोटाङ, ३ चैत । गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ः०० बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।
हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५ घरको छाना उडाएको जानकारी आएको छ । हावाहुरीले सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकै वडा नं.–८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन ...









