आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई
खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कास्य पदकसहित साबिक विजेता राधाकृष्ण माविले आठौँ संस्करण अन्तरगत आयोजित प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय तथा पाँच स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित बालबालिका माध्यमिक विद्यालय नौलाखर्क तृतीय भएको छ । २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि आयोजना गरिएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित विद्योदय माध्यमिक विद्यालय खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक कास्य पदहसहित सरस्वती माध्यमिक विद्यालय मात्...




