Tuesday, April 21

गृह पृष्ठ

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्रै दरखास्त परेको हो । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस–२५ गतेदेखि माघ–१ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ–३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो । निर्वाचन प्रहरी भर्ना अन्तरगत आज (माघ–८ गते) दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन ग...
प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सुरु भएको सर्वाधिक राशिको ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी यात्रा सुरु गरेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा बुधबार बेलुका भएको उद्घाटन खेलमा बुइपा–११ ले ऐसेलुखर्क गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो । आयोजक बुइपा–११ का लागि प्रविन राईले दुई गोल तथा डिकेन राई र मिलन राईले एक–एक गोल गर्नुभएको थियो । खेलमा बुइपा–११ का लागि दुई गोल गर्नुभएका प्रविन राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ । छनोट चरणको जितसँगै आयोजक बुइपा–११ क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । यही माघ–११ गतेसम्म सञ्चालन हुने आमन्त्रित फुटबल प्रतियोगिता अन्तरगत भोलि माघ–८ गते बिहीबार तीन खेल हुने जनाइएको छ । पहिलो खेल खरम्बु स्पोर्टस क्लबले खोट...
प्रतिनिधिसभा सदस्य निर्वाचन : छ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका

प्रतिनिधिसभा सदस्य निर्वाचन : छ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ७ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुवानी अभियान सुरु गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनतासँग प्रत्यक्ष भेटघाटका लागि बुधबारबाट घरदैलो अभियान सुरु गर्नुभएको हो । राजनीतिक दलको साधारण सदस्यसमेत नरहनुभएका डा. रोका आगामी निर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्व सांसदहरुले साथ दिनुभएको छ । दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश स...
स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन काँग्रेस खोटाङको आग्रह

स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन काँग्रेस खोटाङको आग्रह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ७ माघ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, सम्बन्धित निकाय तथा आम नागरिकलाई आव्हान गरेको छ । काँग्रेस खोटाङले आज (बुधबार) दिक्तेल बजारस्थित वी.पी. स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पार्टी उपसभापति तीर्थराज भट्टराईले मुलुक अहिले जटिल र संवेदनशील मोडमा रहेको उल्लेख गर्नुहुँदै हजारौं शहीदको बलिदान र लाखौँ नागरिकको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका काँग्रेस उपसभापति भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्लास्थित सबै सरोकारवा ...
प्रतिनिधिसभामा कृषकको आवाज बन्न मैले उम्मेदवारी दिएको हो : डा. हरि रोका

प्रतिनिधिसभामा कृषकको आवाज बन्न मैले उम्मेदवारी दिएको हो : डा. हरि रोका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ७ माघ । बाम तथा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवारी दिनुभएका डा. रोकाले कृषकहरुको आवाज बनेर आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ । “म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन । अहिले पनि म किसान नै हुँ”, उम्मेदवारी दर्तापछि पत्रकारहरुसँगै प्रतिक्रिया दिनुहुँदै उहाँले भन्नुभयो, “अहिले म कृषकहरुको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरुकै पक्षमा हुनेछ ।” संविधानसभा सदस्यसमेत रहनुभएका डा. रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने बताउनुभएको छ । डा. रोकाले सामान...
प्रतिनिधिसभा सदस्यको निर्वाचन : खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्यको निर्वाचन : खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ६ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन...
काँग्रेसले दियो खोटाङमा महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवारको टिकट

काँग्रेसले दियो खोटाङमा महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवारको टिकट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ माघ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । काँग्रेस खोटाङका पूर्व जिल्ला सचिवसमेत रहनुभएका महाधिवेशन प्रतिनिधि वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सोमबार टिकट दिएको हो । केपिलासगढी गाउँपालिका–१ फेदी निवासी वीरकाजी नेपालमा प्रजातन्त्र बहालीपछि काँग्रेस खोटाङका विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्षसमेत रहनुभएका वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएपछि नेता तथा कार्यकर्ताहरुले शुभकामना दिइरहेका छन् । वि.सं. २०३१ कातिक–२५ गते फेदीका स्थानीयवासी दलबहादुर र ओमादेवी राईको कोखबाट जन्मनुभएका वीरकाजीले वि.सं. २०५० सालमा एसएलसी उत्तिर्ण गर्नुभएक...
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले खोटाङबाट उम्मेदवारी दिनुहुने

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले खोटाङबाट उम्मेदवारी दिनुहुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ५ माघ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिने हुनुभएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्दे स्थायी घर भएका महासचिव आरेनले आगामी निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनेगरी टिकट लिनुभएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ)का सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुटेका महासचिव आरेन आगामी निर्वाचनका लागि खोटाङ टिकट लिएर चुवानी अभियानमा होमिनुभएको छ । वि.सं. २०८० सालमा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी परित्याग गर्नुभएका महासचिव आरेन जिल्लामा पहिचानवादी नेताका रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभए...
पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपाले दियो रुद्र गिरीलाई खोटाङको टिकट

पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपाले दियो रुद्र गिरीलाई खोटाङको टिकट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । नेपाली काँग्रेस खोटाङको महाधिवेशन प्रतिनिधिको पद परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीलाई पार्टीले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीन जना नेताको नाम सिफारिस गरिएकामा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिनुभएको छ । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी रास्वपाका उम्मेदवार गिरी गत पुस–१५ गते पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गर्नुभएको थियो ...
नेकपाले दियो अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई खोटाङको टिकट

नेकपाले दियो अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई खोटाङको टिकट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । खोटाङका नेताहरुसहित आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिनुभएको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो । अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई प्रति...