Tuesday, April 21

गृह पृष्ठ

समाजवादी कार्यक्रम लागू गर्न कम्युनिष्ट एकता सुरु गरेका हौँ : पूर्वमुख्यमन्त्री राई

समाजवादी कार्यक्रम लागू गर्न कम्युनिष्ट एकता सुरु गरेका हौँ : पूर्वमुख्यमन्त्री राई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ पुस । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालमा समाजवादी कार्यक्रम लागू गर्न नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता गरिएको बताउनुभएको छ । खोटाङको खोटेहाङ गाउँपालिका पार्टी समितिले शुक्रबार वाप्लुखामा आयोजना गरेको पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्नुहुँदै नेकपाका नेता राईले यस्तो जानकारी दिनुभएको हो । कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता राईले सामाजिक, आर्थिक, लैङ्गिक, क्षेत्रीय तथा जातीय असमानता जस्ता विभिन्न प्रकारका समस्याहरुलाई समाजवादी नीतिले मात्रै सम्बोधन गर्न सकिने बताउनुभएको छ । पुँजीवादी व्यवस्थाका कारण सामाजिक न्याय र असमानता बढेको भन्नुहुँदै नेता राईले समाजवादी कार्यक्रम लागू गराउन पछिल्लो समय आफूहरुले नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता गर्दै अगाडि बढेको जानकारी दिनुभएको छ । खोटेहाङ गाँउपालिका–२ वाप्लुखाम...
सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज, साहित्य
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् । दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा लल...
रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन

#, कोशी प्रदेश, गृह पृष्ठ, राजनीति, समाचार
खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरुमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की र कोषाध्यक्षमा टीका खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित राप्रपा खोटाङको तेस्रो जिल्ला अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । जिल्ला कार्यसमितिको पुस–२२ र २३ गते भएको जिल्ला अधिवेशनले दुईवटै क्षेत्रको क्षेत्रीय समितिसमेत चयन गरिएको राप्रपा खोटाङले जनाएको छ । क्षेत्र नं. १ (क)मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय तथा क्षे...
पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरुलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको हो । पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति भएका व्यक्तिहरु बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । “संविधानले हरेक नागरिकलाई वाक स्वतन्त्रता (बोल्न पाउने अधिकार) दिएको छ । तर, मनपरी बोल्ने छुट कसैलाई दिएको छैन”, उहाँले भन्नुभयो, “...
खोटाङका थप दुई ठाउँमा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइयो

खोटाङका थप दुई ठाउँमा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइयो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ पुस । खोटाङका थप दुई ठाउँमा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया सुरु भएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका लागि कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बतासेघाट र उदयपुरको लिम्चुबुङ गाउँपालिका–१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा जोड्ने सावाखोलामा पनि प्रदेश सरकारकै लगानीमा अस्थायी बेलिब्रिज जडान गरिने भएको हो । सवारीसाधन वारपारका लागि अस्थायी बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले यही ...
एमाले खोटाङबाट विशाल भट्टराईसहित दश जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित दश जनाको नाम सिफारिस

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दश जना नेताको नाम सिफारिस गरेको छ । एमाले सचिवालय समितिको सोमबार दिक्तेलमा बसेको बैठकले केन्द्रीय सदस्य एवम् पूर्व सांसद् विशाल भटराई, कोशी प्रदेश समितिका उप–सचिव देवान राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, पूर्व केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेल, प्रदेशसभा सदस्य एवम् कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, प्रदेश लेखा आयोग समितिका सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ र जेनजी समूहबाट अखिलका केन्द्रीय सदस्य विष्णु उपरकोटीलाई उम्मेदवार सिफारिस गरेको हो । जिल्लाबाट सिफारिस हुने नेताहरुको नामावली आज (सोमबार) नै कोशी प्रदेश समितिमा पठाइएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको ...
फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २१ पुस । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता कायम भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८, खोटेहाङ गाउँपालिकामा १५ हजार १७, जन्तेढुङ्गा गाउँपालिकामा दश हजार २३९, ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ८८३, केपिलासगढी गाउँपालिकामा दश हजार ९७८, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६, बराहपोखरी गाउँपालिकामा नौँ हजार ३५४, रावाबेँसी गाउँपालिकामा नौँ हजार ७३० तथा साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता कायम भएका छन् । जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जना मतदाताले अन्तर जिल्...
मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान पक्राउ

मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहान पक्राउ पर्नुभएको छ । दिक्तेल बजारका खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहानलाई प्रहरीले आइतबार साँझ घटनास्थलबाटै पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेको र खत्रीकी श्रीमती तथा सोही घरमा कोठा बस्दै आउनुभएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहाललाई हेल्मेटले प्रहार गरेको आरोप छ । घटनापछि वडाध्यक्ष चौहानलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका वडाध्यक्ष चौहानलाई प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । तोडफोड तथा कुटपिटमा संलग्न वडाध्यक्ष चौहानविरुद्ध सोमबार प्रहरीमा जाहेरी दर्ता गराएर कारबाही...
छोरीहरुलाई चाहिने भएपछि ७० वर्षको उमेरमा नागरिकता लिएँ : केशरबहादुर बढाथोकी

छोरीहरुलाई चाहिने भएपछि ७० वर्षको उमेरमा नागरिकता लिएँ : केशरबहादुर बढाथोकी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २० पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले झण्डै ७० वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । वि.सं. २०१३ साल फागुन–७ गते जन्मनुभएका बुढाथोकीले आज (आइतबार) जिल्ला प्रशासन कार्यालय खोटाङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भएपनि नागरिकता लिएको केशरबहादुरले बताउनुभएको छ । “म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कन्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लिला भट्टसँग विवाह गरेँ”, उहाँले भन्नुभयो, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।” घर छ...
खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक

खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २० पुस । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ । एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र दश प्रजा...