Tuesday, April 21

गृह पृष्ठ

समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न पार्टी एकता गरेका हौँ : नेता गजुरेल

समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न पार्टी एकता गरेका हौँ : नेता गजुरेल

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको बताउनुभएको छ । नेकपा खोटाङले मङ्गलबार दिक्तेल बजारमा आयोजना गरेको ‘एकला सन्देश सम्प्रेषण कार्यक्रम’लाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले अबको कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई पूरा गर्न नेपालका वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको दाबी गर्नुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १ नं. प्रदेश (कोशी)का इन्चार्जसमेत रहनुभएका नेता गजुरेलले जेनजी आन्दोलनको उद्देश्य पनि यही रहेको जिकिर गर्नुभयो । “नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो पूरा गर्न सबै कम्युनिष्ट विचारधारा राजनीतिक दलहरु एक जुट हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले जेनजीको भावना अनुरुप १९ वटा कम्युनिष्ट पार्टीहरुबीच एकता गरेका छौँ । ...
एमाले महाधिवेशनमा खोटाङका पाँच नेताको केन्द्रीय सदस्यमा उम्मेदवारी

एमाले महाधिवेशनमा खोटाङका पाँच नेताको केन्द्रीय सदस्यमा उम्मेदवारी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका पाँच नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । केन्द्रीय अध्यक्षका उम्मेदवार निवर्तमान केन्द्रीय अध्यक्ष केपी ओली समूहबाट निवर्तमान पोलिटब्यूरो सदस्य विशाल भट्टराई, निवर्तमान केन्द्रीय सदस्य उषाकला राई र कोशी प्रदेश सचिवालय सदस्य विणादेवी राई उम्मेदवारी दिनुभएको हो । ओली समूहकै निवर्तमान केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेशकुमार पौडेल समूहमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका खगेन्द्र र रमेशकुमार भर्खरै अर्का अध्यक्षका उम्मेदवार निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहमा खुल्नुभएको समाचार स्रोतले जनाएको छ । विशाल र रमेशकुमार खुला केन्द्रीय सदस्य तथा विणादेवीले खुला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । उषाकलाले आदिव...
पञ्च मावि दिक्तेलका प्रतीक आचार्यलाई जिल्लास्तरीय नृत्य प्रतियोगिताको उपाधि

पञ्च मावि दिक्तेलका प्रतीक आचार्यलाई जिल्लास्तरीय नृत्य प्रतियोगिताको उपाधि

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, शिक्षा, समाचार, समाज
खोटाङ, २९ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा स्थापित चक्र–अञ्जु राई फाउन्डेसनले आयोजना गरेको जिल्लास्तरीय एकल नृत्य प्रतियोगिताको उपाधि पञ्च माध्यमिक विद्यालय दिक्तेलका छात्र प्रतीक आचार्यले जित्नुभएको छ । जिल्लाका १७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता आचार्यले नगद रु दश हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सावित्रा माध्यमिक विद्यालय बाम्राङको प्राङ्गणमा सोमबार आयोजित प्रतियोगितामा दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलका छात्र सुसन राई दोस्रो तथा माउन्ट एभरेष्ट बोर्डिङ स्कूलकी छात्रा सुजता राई तेस्रो हुनुभएको छ । फाउन्डेसनको चौथो साधारणसभाको अवसरमा आयोजित एकल नृत्य प्रतियोगितामा सरस्वती माविकी छात्रा मेनुका राईले सान्त्वना स्थान हासिल गर्नुभएको जनाइएको छ । प्रतियोगिताका दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगीले क्रमशः नगद...
सब–ईन्जिनियरमाथि हातपात गरेको भन्दै दोषीलाई कारबाही गर्न कर्मचारीहरुको माग

सब–ईन्जिनियरमाथि हातपात गरेको भन्दै दोषीलाई कारबाही गर्न कर्मचारीहरुको माग

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब–ईन्जिनियरमाथि स्थानीय दुईले हातपात गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका कर्मचारीमाथि भएको हातपातको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनुगमन जस्तो संवेदनशील तथा सार्वजनिक हितसँग सम्बन्धित काममा खटिएका कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित, अमानवीय र निन्दनीय व्यवहार अत्यन्त दुःखद् तथा अस्वीकार्य रहेको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय सरकारका कर्मचारीहरू विकास निर्माणकार्यलाई पारदर्शी, गुणस्तरीय र समयमै गराउने उ...
हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदाम खेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदाम खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो । न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी अर्थात् ९३ दशमलव ८४ मेट्रिकटन बदाम उत्पादन भएको छ । बदाम खेतीलाई प्रवद्र्धन गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “प्रोत्साहन रकम पाउनका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनको आधारमा कृषि शाखाका कर्मचारी गएर मूल...
हलेसी तुवाचुङले तीन घर विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर बनाइदिने

हलेसी तुवाचुङले तीन घर विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर बनाइदिने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले नगरपालिकाभित्र बसोवास गरिरहेका तीन घर विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय पारित गरेको हो । वडा नं.–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्की, वडा नं.–६ मङ्गलटारका भया दमाई र वडा नं.–२ डिकुवाका देशवीर राईको परिवारलाई घर निर्माण गरिदिने निर्णय गरिएको गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अर्खौले, मङ्गलटार र डिकुवाकागरी तीन विपन्न घरपरिवारलाई घर निर्माण गरिदिने निर्णय पारित गरेका छौँ । उनीहरुको अवस्था निक्कै नै नाजुक छ”, उहाँले भन्नुभयो, “उनीहरुका लागि चार महिनाअघि नगरपालिकाको तर्फबाट नगद रु १५–१५ हजार र खाद्यान्न उपलब्ध गराएका थियौँ । दैनिक ज्यालादारीको काम गरेर गुजारा गरिरहेका उनीहरुको ओत लाग्ने...
जग्गाधनीले मुआब्जा नपाएको भन्दै तीन दिनअधि बन्द गरेको जलविद्युत् अझै खुलेन

जग्गाधनीले मुआब्जा नपाएको भन्दै तीन दिनअधि बन्द गरेको जलविद्युत् अझै खुलेन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ मङ्सिर । प्रवर्धक कम्पनीले मुआब्जा नदिएको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीहरुले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन तीन दिनदेखि पूर्ण रूपमा बन्द गराएका हुन् । यही मङ्सिर–६ गते प्रवर्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर–२५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच बसेर गरिएको लिखित सहमति प्रवर्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिन अर्थात् मङ्सिर–२५ गते बेलुकादेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा समेत उक्त जलविद्युत् आयोजना तीन दिन बन्द गराएका थिए...
निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष हर्क साम्पाङ

निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष हर्क साम्पाङ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २७ मङ्सिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जानकारी दिनुभएको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले भिजन (दृष्टिकोण) नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाउनुभयो । “अहिलेका नेताहरुसँगै कुनै भिजन छैन । विदेशीको ऋणबाट देश विकास हुँदैन”, उहाँले भन्नुभयो, “देश विकास गर्न भिजन चाहिन्छ । नेपालका अहिलेका नेताहरुसँग कसरी कमिशन खान पाइन्छ भन्ने सोँचमात्र छ । भ्रष्ट नेताहरुबाट विकास सम्भव छैन ।” देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन न...
दिक्तेल बजारको शङ्खधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा

दिक्तेल बजारको शङ्खधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको शङ्खधर साख्वाचोकदेखि भानुचोकसम्मको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा सडक ढलानको काम सुरु गरिएको हो । फास्ट एण्ड फास्ट कन्ट्रक्सन प्रा.लि. काठमाडौँले जिम्मा लिएको सडकको २२५ घनमिटर ढलान गरिने जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकमा नाली निर्माण तथा ढलानको काम गरिने ठेकेदार कम्पनीका प्रबन्ध÷निर्देशक ध्रुब श्रेष्ठले जानकारी दिनुभएको छ । वि.सं. २०८२ चैत–२२ गतेभित्र अनिवार्य सम्पन्न गर्नेगरी वि.सं. २०८२ मङ्सिर–२२ गते कार्यालयसँग सम्झौता गरिएको थियो । कार्यालयसँग सम्झौता गरेको भोलिपल्टबाटै सुरु गरिएको सडक ढलानको कामलाई दिनरात नभनी तीव्रगतिमा अगाडि बढ...
ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २६ मङ्सिर । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ । वडा नं. २ बाकाचोलको लुबेरा–बादेल खानेपानी योजना र वडा नं. ७ माक्पाको रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्नका लागि एक्सन फर नेपालले रु ९३ लाख ५५ हजार १४५ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । लुबेरा–बादेल खानेपानी योजना रु एक करोड ३६ लाख ८४ हजार ७८५ तथा रोलुखोला–नोरुङ खानेपानी योजना रु ४२ लाख ७२ हजार ९५८ लागतमा सञ्चलन हुँदै छ । आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न हुनेगरी सञ्चालन गर्न लागिएको खानेपानी योजना सञ्चालनका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समितिबीच शुक्रबार त्रिपक्षीय सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभएको छ । त्रिपक्षीय सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख गीरेन्द्रबहादु राई...