हलेसी तुवाचुङले शुरु ग¥यो अन्तर माविस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
हलेसी तुवाचङ नगरपालिका–१० अर्खाैलेस्थित सालपा खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिकरुपमा गर्नुभएको छ । नगरप्रमुख विमला राईको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रमेश राउत, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुदकर्मी, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले राष्ट्रपति ...
