Thursday, June 4

पर्यटन

लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २४ वैशाख । केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले आगामी जेठ–८ गते वडा नं. १ फेदीमा एकदिने हनी हन्टिङ महोत्सव आयोजना गर्ने भएको हो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित ‘हनी हन्टिङ’ महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना...
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २२ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र प्रशासन कार्यालयमा पेस गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई लिखित रुपमा पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरूको अद्यावधिकसहितको विवरण पेस गर्न लिखित आग्रह गरेको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरू पहिचान गरी उक्त जग्गाहरूको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई सोमबार पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको हार्ड र सफ्ट दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयको यही वैशाख–१६ गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकार...
‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित

‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २० वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोहीको मन नलोभिने कुरै भएन । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला हुलका हुल आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयवासीले बताएका छन् । हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजाेनबाबु आचार्य नेत...
साकेला उँभाैली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !

साकेला उँभाैली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार, समाज
खोटाङ, १८ वैशाख । किरात समुदायको महान् चाड ‘साकेला उँभाैली’ आजदेखि औपचारिकरूपमा सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गर्छन् । साकेला उँभाैली चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिकाकाे तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी, पञ्चदाेबाटाे र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानहरूमा पूजाआजासँगै बृहत् साकेल सिली प्रदर्शन गर्ने चलन छ । उँभाैली चाडको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको किरात ऐतिहासिकस्थल...
यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह

यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क (उद्यान) उद्घाटन कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको पार्कसहितको यलम्बरको प्रतिमा नगरपालिका र वडा नं. १४ बुइपाले एउटै कार्यक्रम फरक–फरक व्यक्तिबाट फरक–फरक मितिमा गर्ने भएपछि सामाजिक सद्भाव भड्कन सक्नेतर्फ मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि अनवरण तथा उद्घाटन कार्यक्रम स्थगित गर्न दुवै पक्षलाई आग्रह गरेको हो । नगरपालिका र वडा कार्यालयले छुट्टाछुट्टै मितिमा फरक–फरक व्यक्तिबाट यलम्बरको शालिक अनावरण तथा पर्क उद्घाटन गराउने भएपछि विवाद हुँदा प्रशासनले शान्तिसुरक्षा दिन नसकिने भएकाले कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेखा...
किराती राजा यलम्बरको शालिकसहितको उद्यान उद्घाटन विवाद समाधान उन्मुख

किराती राजा यलम्बरको शालिकसहितको उद्यान उद्घाटन विवाद समाधान उन्मुख

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको प्रथम किराती यलम्बरको ११० फिट अग्लो शालिकसहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवाद समाधान उन्मुख भएको छ । बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको विश्वकै सबैभन्दा अग्लो यलम्बरको शालिकसहितको पार्क उद्घाटनको विषयमा नगरपालिका र वडा कार्यालयबीच विवाद चुलिएपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको समन्वयमा भएको छलफल सहमति नजिक पुगेको हो । कोशी प्रदेश सरकारको ७० तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा स्थापना गरिएको यलम्बरको शालिकसहितको पार्क नगरपालिकाले वैशाख–१७ गते र वडा कार्यालय बुइपाले वैशाख–१८ गते उद्घाटन गर्ने मिति तय गरेपछि बिवाद चुलिएको थियो । नगरपालिकाको गौरवको योजनमा पर्ने यलम्बर पार्क उद्घाटनमा प्रमुख अतिथिको विषयलाई लिएर नगरपालिका र वडा कार्यालयबीच विवाद भएको हो । नगरपालिका र वडा कार...
प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमासहितको उद्यान उद्घाटन विवादमा

प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमासहितको उद्यान उद्घाटन विवादमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको पार्क कसको हातबाट र कुन मितिमा गर्ने भन्ने विषयमा वडा कार्यालय र नगरपालिकाबीच मतभेद देखिएको हो । वडा कार्यालय बुइपाले यही वैशाख–९ गते शुभम् फाउण्डेसन सोल्मामा पत्रकार सम्मेलन गर्दै वैशाख–१८ गते साकेला उँभौलीको अवसर पारेर श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’को हातबाट गराइने जानकारी दिएको थियो । तर, वैशाख–१२ गते बसेको नगर कार्यपालिका बैठकले भने, वैशाख–१७ गते बिहान ८ः३० बजे कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र किरात रा...
किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने

किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने

अर्थ, कर्णाली प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, संगीत, समाचार, समाज
खोटाङ, १० वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) यही वैशाख–१८ गते उद्घाटन गरिने भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहितको पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क प्रमुख अतिथिको विषयलाई लिएर पहिचान पक्षधरले गरेको बिरोध तथा भुक्तानी ढिला हुँदा सञ्चालन हुन सकेको थिएन । शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि किरात राई समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको हो । कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको यलम्बरक...
छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले विजयी यात्रा सुरु गरेको छ । सोल्मास्थित क्लबको आफै खेलमैदानमा आयोजना गरिएको ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ पुरुष फुटबल प्रतियोगितामा सोल्माले सोही नगरपालिकाको वडा नं. ६ नेर्पालाई तथा बाँझेच्यानडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पालाई हराएको हो । सोल्मा र नेर्पाबीच भएको पहिलो खेलको निर्धारित समयभित्र दुवैतर्फको गोल नभएपछि ट्राईब्रेकरमार्फत प्रतियोगिताको छिनोफानो गर्दा सोल्माले नेर्पालाई ४–३ को गोलअन्तरले पराजित गरेको आयोजकले जनाएको छ । यस्तै, दोस्रो खेलमा दोर्पालाई २–१ गोलअन्तरले पराजित गर्दै बाँझेच्यानडाँडाले आफ्नो विजयी यात्रा सुरु गरेको हो । पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल...
जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी

जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ६ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवम् रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी गरेको छ । दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न तीनदिने अन्तराष्ट्रिय सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहितको दिक्तेल घोषणापत्र जारी गरेको हो । स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस–निगालो, खर्क, खोला खोल्सी, तालतलैया, जरीबुटी, पोखरी र जैविक मार्गको पुनः स्थापना तथा दिगो व्यवस्थापनका...