दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक
खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाँचवटा कार्यविधि तथा विधेयक पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२ र आर्थिक वर्ष २०८२÷८३ को केही बजेट, योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव शनिबार आयोजित १४ औँ नगरसभाले पारित गरेको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित नगरसभामा नगरसभा सदस्य एवम् वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद चौलागाईँले विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले अर्थ तथा सार्वजनिक लेखा समित...









