खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तरगत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ । गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारेर सिम्पानी बजारमा आयोजना गरिएको महिला÷पुरुष गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ इन्द्रेणीपोखरीलाई ३–१ ले हराउँदै लिकुवापोखरी र पुरुषतर्फ वाप्लुखालाई ३–१ ले नै हराउँदै सावाकटहरेले उपाधि जितेको हो ।
गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता लिकुवापोखरी र सावाकटहरेले नगद रु ८१÷८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नं. २ वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार उपविजेता इन्द्रेणीपोखरी र वाप्लुखाले नगद रु ६१÷६१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चार दिनसम्म सञ्चालन भएको आठौँ ग...









