Saturday, August 1

राजनीति

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दै

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । आयोगको यही चैत–१८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर–६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने जनाइएको छ । आफ्नो फोटो तथा औँठाछ...
दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक

दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक

कोशी प्रदेश, गृह पृष्ठ, राजनीति, समाचार, समाज
खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाँचवटा कार्यविधि तथा विधेयक पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२ र आर्थिक वर्ष २०८२÷८३ को केही बजेट, योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव शनिबार आयोजित १४ औँ नगरसभाले पारित गरेको हो । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित नगरसभामा नगरसभा सदस्य एवम् वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद चौलागाईँले विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले अर्थ तथा सार्वजनिक लेखा समित...
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० चैत । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आफ्ना जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित सबै समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले आज (शुक्रबार) सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्तिसुरक्षा सम्बन्धी समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । गृहमन्त्री गुरुङको कार्यकक्षमै पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडारेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीहरु स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्था...
दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ३४७ बालबालिकाले सबै खालका खोपको मात्रा पाएको निश्चत भएपछि आज (बिहिबार ) नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनश्चिति नगरपालिका घोषणा गर्नुभएको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थिति अ...
दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा बिहीबारदेखि तीनदिने निःशुल्क शिविर सुरु भएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकलाई चश्मा वितरण, आँखाको शल्यक्रियापछि कालो चश्मा तथा औषधि वितरण गरिने नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभएको छ । शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोली दिक्तेल आएको छ जनाइएकाे छ । शिविरबाट एक हजार १०० जना भन्दाबढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको सभापति कसजुले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा नेपाल नेत्र...
रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु

रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १४ चैत । रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु पाँच करोड ११ लाख ४६ हजार बजेटमा पुल निर्माणको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा आर के देन्धुप जे.भी सोलुखुम्बुले रु दुई करोड ८९ लाख ७५ हजार २८८ बजेटमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ जेठ–३१ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार १५ मिटर लामो मोटरेबल पक्की पुल निर्माण गरिने जनाइएको छ । लोचाखोलामा निर्माण हुने मोटरेबल पक्की पुलले रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र स...
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ चैत । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना÷हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका गाडी, गाडीको चाँबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा लिइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “वि.सं. २०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभुत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको काम समेत पुरा छैन”, उहाँले भन्नुभयो, “काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कव्...
दलाल पुँजीवादी व्यवस्थाले नेपाली समाजको अन्तरबिरोध हल हुँदैन : नेता हिङमाङ

दलाल पुँजीवादी व्यवस्थाले नेपाली समाजको अन्तरबिरोध हल हुँदैन : नेता हिङमाङ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
–रामधन राई खोटाङ, ८ चैत । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार हिङमाङले विश्व र नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटग्रस्त अवस्थामा पुगेको सङ्केत गर्नुभएको छ । केन्द्रीय सदस्य हिङमाङले नेपाली समाजको अन्तरबिरोधहरुको हल नगरेको खण्डमा आगामी दिनमा अघि बढ्न नसकिने बताउनुभयो । खोटाङको दिक्तेलबजारमा पत्रकार सम्मेलन गर्दै सदस्य हिङमाङले पार्टी बनाउने नाममा मात्र पार्टी गठन गरेको नभइ कम्युनिष्ट आन्दोलनलाई मूर्तरुप दिन आफ्नो पार्टी आवश्यक रहेको बताउनुभएको छ । हलेसी न्यूज नेटवर्क प्रालिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा हिङमाङले आफ्नो पार्टी दलाल पुँजीवादी व्यवस्थाको बिरोधमा रहेको स्पष्ट पार्नुभयो । पुँजीवादी व्यवस्थाले नेपाली समाजको अन्तरबिरोधहरुलाई हल गर्न नसकेको उहाँको भनाइ छ । मुख्य पाँच अन्तरबिरोधहरु वर्गीय अन्तरबिरोध, पितृसत्तामा आधारित अन्तरबिरो...
दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “हाम्रो नगरमा धेरैजना नागरिक स्वास्थ्य सेवा नपाएर बसेका थिए । उनीहरुलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको...
दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुई–दुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो । शुद्धीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयहरुलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताउनुभएको छ । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिदगरी विद्यालयहरुलाई हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विद्यालयहरूमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धिकरण गरी सुरक्...