Tuesday, September 15

समाचार

खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १२ जेठ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरुको घरमै पु¥याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले सोमबार जिल्ला हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो । गत वैशाख–१५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पु¥याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिनुभएको छ । “राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण सङ्कलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घर...
नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर विजयी

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर विजयी

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ जेठ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर राईका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३ औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्षका चारजना उम्मेदवारलाई पराजित गर्दै रक्षाबहादुर १९६ मतसहित केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न गरिएको निर्वाचनमा नवनिर्वाचित अध्यक्ष रक्षाबहादुरको निकटतम् प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना गरिएको मगर सङ्घको १३ औँ राष्ट्रिय महाधिवेशनमार्फत समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्ष महिलामा सीता राना मग...
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

#, अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको छ । करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते तामझामका साथ उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले वि.सं. २०७६ असार–१ मा शिलान्यास गर्नुभएको उद्योगमा नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानी गरिएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक प्राङ्गारिक मल उद्...
श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम नछुङ चयन

श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम नछुङ चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १० जेठ । श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन हुनुभएको छ । पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन हुनुभएपछि रिक्त रहेको अध्यक्ष पदमा नछुङ चयन हुनुभएको हो । श्रम संस्कृति पार्टी खोटाङको आइतबार दिक्तेलमा बसेको बैठकले यसअघि जिल्ला सचिव रहनुभएका नछुङलाई अध्यक्षमा चयन गरिएको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ । जिल्ला कार्यसमितिको पूर्ण बैठकले अध्यक्षमा नछुङ चयन भएपछि रिक्त बनेको सचिव पदमा समेत भूमिनन्द राईलाई नियुक्त गरेको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष नछुङ जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङको उपाध्यक्ष पद परित्याग गरेर वि.सं. २०८२ मङ्सिर–२ गते श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । जसपा नेपालमा हुँदा पहिलो स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडाध्यक्षमा पराजित हुनुभएका नछु...
दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १० जेठ । दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई चयन हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यसमेत रहनुभएकी राईलाई क्याम्पसको आठौँ साधरणसभाले पुनः तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । नयाँ सञ्चालक समितिको उपाध्यक्ष कुमारप्रसाद आचार्य, सदस्यहरुमा रामप्रसाद दङ्गाल, प्रकाशकुमार श्रेष्ठ, दिनेशकुमार घिमिरे, उमेश राई, शिवनारायण श्रेष्ठ, राजकुमार उदास र टीका खत्री चयन हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले औपचारिक उद्घाटन गर्नुभएको साधारणसभाले सर्वसहमतिमा क्याम्पस सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभापछि नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको आज (आइतबार) नै बसेको पहिलो बैठकले चारजना मनोनित सदस्यसमेत थप गरेको छ । सञ्चालक समितिले मनोनित गरेको सदस्यहरु...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज, साहित्य, सूचना प्रविधि
खोटाङ, १० जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पु¥याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छ दिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा ११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित सबैलाई जनही नगद रु ११ हजा...
पत्रकार महासङ्घ खोटाङद्धारा दुईजना पत्रकार पुरस्कृत तथा पाँचजनालाई सम्मान

पत्रकार महासङ्घ खोटाङद्धारा दुईजना पत्रकार पुरस्कृत तथा पाँचजनालाई सम्मान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ९ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजनालाई सम्मान गरेको छ । पत्रकार महासङ्घ खोटाङले आफ्नो १२ औँ साधारणसभा उद्घाटनको अवसर पारेर शनिबार जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँजना अग्रज पत्रकारलाई सम्मान गरेको हो । पुरस्कृत हुनेमा पत्रकार महासङ्घका पूर्वसचिव उत्तम चौलागाईँ तथा वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहनुभएको छ । कान्तिपुर टेलिभिजनका खोटाङ सम्वाददाताका रुपमा कार्यरत चौलागाईँ र एभी न्यूज टेलिभिजनका खोटाङ सम्वाददाता ठटाललाई यस वर्षको “विकास पत्रकारता पुरस्कार’ प्रदान गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । पत्रकार चौलागाईँ र ठटालले जिल्लामै रहेर समाज, देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद रु पाँच÷पाँच हजार राशिको पुरस्कार प्रदान गरेको छ । तत्कालीन जिल...
केपिलासगढीमा ‘हनी हन्टिङ’ महोत्सव : भीर मौरीको मह सिकार गरेको हेर्नेको भीड

केपिलासगढीमा ‘हनी हन्टिङ’ महोत्सव : भीर मौरीको मह सिकार गरेको हेर्नेको भीड

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ जेठ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार ‘हनी हन्टिङ’ महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले हनी हन्टिङ महोत्सवको आयोजना गरिएको हो । महोत्सवको प्रमुख आकर्षण केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक साम्पाङ’ले जानकारी दिनुभएको छ । स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायतका स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ । तेरावामा तीन दिनसम्म सञ्चालन हुने महोत्...
किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, संगीत, समाचार, समाज
खोटाङ, ८ जेठ । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा नछुङ (धामी)मार्फत मुन्दुमी प्रक्रियाअनुसार तीन चुल्हाको पूजाआजा गरेपछि बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रममा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । “तुवाचुङ–जायजुम किरात समुदायको उद्गमस्थल हो । यहाँ हरेक वर्ष चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल तुवाचुङ–जायजुमको स्तरोन्नतिले पर्यटकसमेत आकर्षित हुन थालेका छन् । यसलाई संरक्षण गर्दै...
दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ६ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठना खोटाङका अध्यक्ष सञ्जयकुमार राईले ...