अस्पतालचोक हुँदै साकेला गाउँपालिका जोड्ने सडकको काम अघि बढाउने सहमति
खोटाङ, ५ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोक–लफ्याङ हुँदै साकेला गाउँपालिका जोड्ने सडक पिच (कालोपत्र)को काम तत्काल अघि बढाउने द्धिपक्षीय सहमति भएको छ । पोलिष्टर–महापोखरी जेभीले पिचको काम नगरेको भन्दै लफ्याङका स्थानीयवासी मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेलिगेशन गएपछि ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयबीच पिचको काम तत्काल अघि बढाउने सहमति भएको हो ।
नगरपालिकामा भएको छलफलका क्रममा सडक पिचको ठेक्का पारेको जेभीकातर्फबाट कृष्ण घिमिरले यही जेठ–८ गतेभित्र निर्माणस्थलमा आवश्यक पर्ने मेशिनरी औजार, पिचका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, जनशक्ति जुटाएर काम सुरु प्रतिवद्धता जनाउनुभएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको कार्यकक्षमा भएको भेलाले जेठ–१५ गतेभित्र सडकको अनुगमन गर्दा सडक निर्माण कार्य तोकिएको समयमा द्रुत गतिको देखिने कार्य प्रग...









