जन्तेढुङ्गामा आवासीय विद्यालय : अभिभावकविहीन बालबालिकाको भरोसाको केन्द्र
खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा यो शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । जसमा १३ जना बेसहारा, ११ जना विपन्न र तीन जना दूरी टाढा भएका विद्यार्थी छन् ।
लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा गरिब, दलित र असाह्य बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यो विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गर्छन् ।
वि.सं. २०१४ सालमा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा दुई जना विद्यार्थीले शुल्क तिरेर अध्ययन गरिरहेको शिक्षक जीवन राईले जानकारी दिनुभएको छ । “विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी छन् । उनीहरुका लागि हामीले नै बुबा...









