वराहपोखरी गाउँपालिकाका किसानलाई फलफूल प्रशोधन सम्बन्धी तालिम
खोटाङ, ३ जेठ । वराहपोखरी गाउँपालिकाले फलफूल प्रशोधन सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । स्थानीयस्तरमा उत्पादन भएका फलफूललाई प्रशोधन गरेर प्रशोधित कृषि उपज बिक्रीवितरण गर्दै किसानको आम्दानीको स्रोत वृद्धि गराउन गाउँपालिकाले तालिम आयोजना गरेको हो ।
यही असार–१ गतेबाट सुरु गरिएको आधारभूत तालिम असार–८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीलाई फलफूलको जुस, ब्राण्डी, जाम, जेली, वाइन लगायतका परिकार उत्पादन गर्ने सीप सिकाइने गाउँपालिकाको कृषि शाखा प्रमुख दिनेश लुइटेलले जानकारी दिनुभएको छ ।
तालिममा गाउँपालिकाभित्रका २४ जना किसानको सहभागिता रहेको जनाइएको छ । ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाबाट विनियोजित रु चार लाखमा तालिम आयोजना गरिएको हो ।
तालिममा स्थानीय किसानले उत्पादन गरेको फलफूलको मूल्य अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्...









