प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी
खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका हुन् ।
नेपाली कम्युष्टि पार्टी (नेकपा) खोटाङलय गत माघ–२० गते केपिलासगढी गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख कृष्णकुमार राईलाई प्रवेश गराएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिवालय समितिका पूर्वसदस्यसमेत रहनुभएका कृष्णकुमार एमाले केपिलासगढी गाउँपालिका कार्यसमिति उपसचिव रमेश परियारसहित विभिन्न पदमा रहेका कार्यकर्ता लिएर नेकपा प्रवेश गर्नुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता र...









