किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’लाई हराभरा बनाउन वृक्षरोपण
खोटाङ, २३ साउन । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिनुभएको छ । “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा मौषमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य...
