नागरिकको शान्ति सुरक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्छु : प्रजिअ श्रेष्ठ
खाेटाङ, १२ साउन । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ । प्रमुख जिल्ला अधिकारीको रुपमा खोटाङ आउनुभएकी श्रेष्ठले साउन १२ गते पत्रकारसँगको परिचयत्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताउनुभएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैले आ–आफ्नो पेशा व्यवसाय ढुक्ककासाथ सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताउनुभएकाे छ । कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लावासीकाे हितमा हुने हरेक काममा सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय खोटाङले इतिहासमै पहिलोपल्ट महिला प्रजिअ पाएको छ । गृह–मन्त्रालयले श्रेष्ठलाई खोटाङको ५२ औं प्रजिअको रुपमा खटाएको हो ।...
