वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउँछन् धाप्लाङघाटवासी !
खोटाङ, १६ असार । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यवसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् । विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको वर्षौदेखिको मुख्य व्यापारिक केन्द्र धाप्लाङघाटमा किनमेल तथा आवतजावत गर्ने सयौँ मानिसको दैनिक भीड लाग्ने गर्छ ।
खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा १८ घर स्थानीय वर्षौदेखि बसोवास गर्दै आएका छन् । नौँ घर मगर, चार घर दाहाल खत्री, दुई घर श्रेष्ठ तथा माझी, परियार र तामाङको एक÷एकवटा घर छन् । हरेक घरमा पसल तथा होटल सञ्चालनमा छन् ।
वर्षौँदेखि स्थानीयको बसोवास रहेको धाप्लाङघाटको दायाँ र बायाँको जमिन वर्षाद्को समयमा सुनकोशी नदीमा आउने बाढीले निरन्तर कटान गरिरहेको छ । छिमेकी जिल्ला उदयपुरको गाईघाट बजार नजिक पर्ने धाप्लाङघाटको तल्लो क्षेत्रमा अहिले पनि न...









