Thursday, July 30

अर्थ

घर जलेर विस्थापित भएका धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर

घर जलेर विस्थापित भएका धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ । गत चैत–१८ गते विद्युत सर्ट हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथान निवासी धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो । डम्बर्खुशिवालयकी स्थानीय अभियान्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुरमान राईले जानकारी दिनुभएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि धनबहादुरको श्रीमती, छोराबुहारी, छोरी र नातीसहित छ जनाको परिवार विस्थापित भएका थिए । आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनः स्थापनाका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन अभियान थालिएको थियो । ...
मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण

मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातको बङ्गुरको पाठा–पाठी निःशुल्क वितरण गरेको छ । नगरपालिकालाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उन्नत जातको बङ्गुरको पाठा–पाठी ल्याएर वितरण गरिएको हो । एघार वडा रहेको यो नगरपालिकाको वडा नं २ डिकुवाका दुई, वडा नं. ३ च्यास्मिटारका १८, वडा नं. ४ बडहरेका सात, वडा नं. ५ दुर्छिमका ३१, वडा नं. ६ मङ्गलटारका छ, वडा नं. ७ हलेसीमहादेवस्थानका १३, वडा नं. ८ धितुङका नौँ, वडा नं. ९ सल्लेका पाँच, वडा नं. १० अर्खौलेका छ र वडा नं. ११ राजापानीका तीनजना किसानलाई बङ्गुरको पाठा–पाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. १ बाहुनीडाँडा बाहेक अन्य सबै वडाका किसानलाई एक÷एकवटाका दरले ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातको बङ्गुरको पाठा–पाठी वितरण गरिएको हो । कोशी प्रदेश सरकारको बङ्गुर प्रवद्र्धन ...
पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध

पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २९ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल–चखेवाभञ्ज्याङखण्डमा सडकभन्दा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात सेवा अवरुद्ध भएको हो । मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वार–पार गर्न सक्ने अवस्था छैन । लेदोसहितको बाढीले सडक बन्नुअघिको अवस्थामा पु¥याएकाले अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । सडक अबरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, सुमो र मोटरसाइकल...
खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसर पारेर चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समिति पुरस्कृत भएको हो । कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं. ७ खोटाङबजारका कृषक तुलसीराम चौलागाईँ, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ४ बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ८ सिम्पानीका सुवाश खड्का र पशुपालनतर्फ सबैभन्दा बढी पशुपालन गर्ने वडा नं. १ लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत हुनुभएको छ । पुरस्कृत कृषकलाई जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाक...
संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ । तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश सरकार)को रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिक तथा स्मृति पार्क संरक्षण अभावमा सङ्कटमा परेको हो । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ तीन वर्षअघि क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क निर्माण गरिएको थियो । वि.सं. २०८० फागुन–८ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य (हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य) रामकुमार राई ‘पासाङ’ले क्रान्ति नायक ...
भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, साप्सुखोलाले ब्रेकर बगायो

भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, साप्सुखोलाले ब्रेकर बगायो

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ जेठ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेको बस, सुमो र मोटरसाइकल यात्री अलपत्र परेका छन् । भीषण बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाअध्यक्ष दिनेश कठायतले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले डोजर तथा स्काभेटरसहित कामदार परिचालन गरेको छ । बाढीका कारण गएरातिबाट अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरुलाई आग्रह गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । पङ्खुखोलाभ...
उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २१ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो । गाउँपालिकाको ७५ तथा कृषकको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा कृषकलाई कृषि सामग्री प्रदान गरेको हो । कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परा...
दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिदा छ घर जोखिममा

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिदा छ घर जोखिममा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ जेठ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन वाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो । सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत योजनामार्फत हालिएको ग्याबिन वाल यही जेठ–१५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पु¥याएको अवस्थामा सकिनु अगावै वालको बीच भाग भासिएको हो । तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम सक्नु अगावै पर्खाल भासिएको ठेकेदार कम्पनीले जनाएको छ । माम्खामा भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयले बताउँदै आएका छन्...
जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १७ जेठ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्नेगरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जोर्तीघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत मिलेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ । “पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको छ ...
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ–१५ गते प्रस्तुत गर्नुभएको बजेटमा समावेश गर्नुभएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि यसै आर्थिक वर्ष ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमार्फत जानकारी दिनुभएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँ...