पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा
खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन अस्पतालले निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेको हो ।
अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेलगत्तै दुई जना महिलाको सफल उपचार गरिएको अस्पतालका प्रमुख डाक्टर अमिताब ठाकुरले जानकारी दिनुभएको छ । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब कुनै पनि महिलाले त्यो बाध्यता व्यहार्नु पर्दैन”, उहाँले भन्नुभयो, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ । जिल्लामै पहिलोपटक यो शल्यक्रियास...









