छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई
खोटाङ, २९ पुस । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालय धितुङले जितेको छ । नगरपालिकाभित्र सञ्चालित १३ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित बुलापन्थे माविले छैटौँ नगरपालिकास्तरीय प्रतियोगिताको उपाधि जितेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा सञ्चालन गरिएको नगरपालिकास्तरीय प्रतियोगितामा दुर्छिम मावि दुर्छिम दोस्रो भएको छ । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित दुर्छिम मावि दोस्रो भएको आयोजकले जनाएको छ ।
भलिबल, कबड्डी र एथलेटिक्सका १५ ईभेण्डमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र एक कास्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मङ्गलटार तेस्रो भएको छ । यस अघ...









