एमालेले दियो खोटाङमा पार्टी अध्यक्ष देवबिक्रम राईलाई टिकट
खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ । एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो ।
एमाले खोटाङबाट सिफारिस भएका दश जना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाउनुभएपछि बधाई तथा शुभकामना दिने पार्टी कार्यकर्ताहरुको लर्को लागेको छ । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका नेता राई राजनीतिसँगै व्यवसायिक कृषि तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउँदै आउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा निवासी बुबा शुभशेर राई र आमा जम्मासरी राईको जेठो सन्तानका रुपमा वि.सं. २०२६ असार–२२ गते जन्मनुभएका नेता राईले नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । वि.सं. २०...









