Tuesday, April 21

गृह पृष्ठ

खाना पकाउने ग्याँसबाट हुने आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २६ असोज । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले आज (आइतबार) दिक्तेल बजारमा खाना पकाउने ग्याँसबाट हुने आगलागीका घटना नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजना तथा जिल्लास्थित तीनवटै सुरक्षा निकायको व्यवस्थापनमा दिक्तेल बजारस्थित स्थानीय हेलिप्याडमा संयुक्त डेमो प्रस्तुत गरेका हुन् । रणभीम गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म हलेसी खोटाङले संयुक्तरुपमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रस्तुत गरेका थिए । उनीहरुले फलाम, काठ, ग्याँस सिलिन्डरमा आगलागी हुँदा नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायका बारेमा जनप्रतिनिधि, विद्यार्थी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा लगायतलाई सहभागी गराएर डेमो प्रस्तुत गरेका हुन् । डेमो प्रदर्श...

दिक्तेल–दुम्ली सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जनश्रमदान अभियान

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्रै महिना यातायात सञ्चालन गर्न स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कदेखि मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी बन्ने गरेका छन् । दैनिक बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने र सडक सम्याउने काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभएको छ । दिक्तेलस्थित आचार्य गाउँको बसपार्कमा शनिबार औपचारिक कार्यक्रम गरेर सुरुवात गरि...

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २५ असोज । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन–२१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने÷गराउने युवाको चहलपहल बढेको छ । गत भदौ–२३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज–९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेसँगै खोटाङका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “देशभर खुला गरिएको मतदाता नामावलीमा...

वर्षाले सिंचाइमा गरेको क्षतिको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असोज । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले यही असोज–१९ र २० गते आएको भीषण वर्षाका कारण जिल्लामा भएको क्षतिको विवरण उपलब्ध गराउन जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरेको छ । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको च.नं. १५६ मिति २०८२ असोज–२१ गतेको पत्रानुसार जिल्लाका दशवटै स्थानीय तहलाई दुई दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन पत्राचार गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ । डिभिजन कार्यालय खोटाङका अधिकृत उत्तर बजिमयले हस्ताक्षर गर्नुभएको पत्रमा वर्षाका कारण भएको क्षतिको विवरण, क्षति भएको स्थान, क्षतिको प्रकार र अनुमानित लागतसमेत उल्लेख गरेर विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । देशभर भएको भीषण वर्षाका कारण जिल्लाका स्थानीय तहमा सञ्चालित सिंचाइ तथा नदी नियन्त्रण (तटबन्ध)मा भएको क्षतिको विवरण माग गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ ।  ...

केपिलासगढीमा बढी असुलिएको भाडा यात्रुलाई फिर्ता गर्ने सहमती

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असोज । केपिलासगढी गाउँपालिकामा चाडपर्वको मौका छोपेर यातायात व्यवसायीले बढी भाडा लिएको विषयमा युवा समूहले आपत्ति जनाएपछि बढी लिएको भाडा यात्रुलाई फिर्ता गर्ने सहमती भएको छ । दसैँमा राजधानी काठमाडौँबाट केपिलासगढी गाउँपालिका क्षेत्रमा आउने सार्वजनिक सवारी साधनले बढी भाडा लिएको भन्दै युवा समूहले आपत्ति जनाएपछि तोकिएभन्दा बढी लिएको भाडा प्रमाणको आधारमा व्यवसायीले सम्बन्धित यात्रुलाई फिर्ता गर्ने सहमती भएको हो । काठमाडौँबाट बाक्सिलासम्म टाटासुमो (जिप)को भाडादर रु दुई हजार ७०० कायम भएपनि व्यवसायीले रु तीन हजार ५०० सम्म लिएको पाएपछि युवा समूहले सम्बन्धित यात्रुलाई फिर्ता गराइ दिन गाउँपालिकालाई ध्यानाकार्षण गराएको थियो । चाडपर्वको मौका छोपेर यातायात व्यवासयीले बढी भाडादर लिएको लगायतका विषयमा गाउँपालिको ध्यानाकर्षण गराउन पालिकाभित्रका युवा गाउँपालिकाको कार्यालयमा पुगेको थियो । गाउँपा...

दसैँमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा, तिहारमा पनि अभियान सञ्चालन गरिने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् । जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लाने फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा आर्थिक अभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारी साधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो । दसैँको टीका (असोज–१६ देखि असोज–१९ गते)सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५...

चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली, नियमन निकाय मुकदर्शक

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ असोज । जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरेपनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो । जिप (टाटासुमो)का लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि रु दुई हजार १०० निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ । यतिसम्म कि, बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्...

युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ असोज । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउनेगरी अभियान सञ्चालन गर्ने भएको हो । दसैँको अवसरमा यही असोज–१६ गतेदेखि १९ गतेसम्म तथा तिहारको अवसरमा आगामी कातिक–५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । उसबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो ...

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन प्रशासनको आग्रह

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ११ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको अवसर पारेर मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट लगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवम् अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण गर्ने लगायतका उपभोक्ता हित बिपरितका कार्यहरु नगर्न÷नगराउन आग्रह गरिएको छ । चाडपर्वको अवसरमा सार्वजनिकस्थलहरुमा अनावश्यक भीडभाड, होहल्ला तथा झै–झगडा नगर्न, सवारी साधनको क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न÷गराउन अनुरोध गरिएको छ । यात...

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ९ असोज । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट पर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा शहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । “सबै व्यापारीहरुलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीहरूले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजारमा पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निक्कै बढेको छ । यसले व्यवसायीहरुको कारोबार राम्रो भइरहेको छ ।” जिल्लामा कुखुर...