Monday, April 20

गृह पृष्ठ

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, ४ फागुन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उहाँ आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गर्नुभएको छ । लाफा भनेको मगर भाषामा साथी हो । स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फर्कनुभएका भोजबहादुरले वि.सं. २०५४ सालमा दिक्तेल बजारमा आर्ट व्यवसाय सुरु गर्नुभएको थियो । आधिकारिक रुपमा ‘लाफा आर्ट’ फर्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएका भोजबहादुरको अहिले मासिक कमाइ रु ८० हजारदेखि रु एक लाखसम्म हुने गरेको जनाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेसीटोलका गेहकुमार सैंजूको घरमा एउटा कोठा भाडामा लिएर आर्ट व्यवसाय सुरु गर्नुभएका भोजबहादुरले अहिले त्...
त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड

त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, ३ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा लागेको महाशिवरात्री मेलामा भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा महाशिवरात्रीको अवसर पारेर तीन दिनसम्म लाग्ने बृहत मेलामा बिहानैदेखि दर्शनार्थी तथा भक्तजनको भीड लागेको हो । हलेसीमा लागेको महाशिवरात्री मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट करिब तीन हजारको हाराहारीमा भक्तजन तथा दर्शनार्थीहरु हलेसी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । हलेसीमा लागेको महाशिवरात्री मेला भर्न आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरीसमेत परिचालन गरिएक...
नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २ फागुन । महाशिवरात्री तथा २६३ औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेले जित्नुभएको छ । नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ रणभीम गणका ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी बस्नेत उपाधि जित्नुभएको हो । महिला÷पुरुष दुवैमा पाँच किलोमिटर दूरीको दौड प्रतियोगिताको पुरुषतर्फ मुडे ब्यारेकका लेखराज पुन मगर द्धितीये, सागर नेपाली तृतीय र केपिलासगढी गाउँपालिका–३ बास्पानीका सूर्यराज राई सान्त्वना हुनुुभएको छ । महिलातर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेककी पुष्पा अवस्ती द्धितीय, अस्मिता महतो तृतीय र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलकी छात्रा मन्दिरा थापा सान्त्वना हुनुभएको छ । पुरुष तथा महिलातर्फ दुवै प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय र सान्त्वना ...
‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने

‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २ फागुन । ‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा भाडा तिरेर जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने भएको छ । यात्रुलाई जुनसुकै समयमा जुनसुकै ठाउँको सहज, शुलभ् र सुरक्षित यात्रा गराउँदै व्यवसाय गर्ने उद्देश्यले ‘बोलाओ राइडिङ एप्स’ले खोटाङमा आफ्नो सेवा विस्तार गरेको हो । यात्रुको सेवाका लागि पहिलो चरणमा १६ वटा मोटरबाइक र तीनवटा अटो तैनाथ राखिएको बोलाओ राइडिङ एप्सका खोटाङ राइडर संयोजक आश्रय राईले जानकारी दिनुभएको छ । ‘पठाओ’ जस्तै अनलाइन राइडिङ प्रणालीमा आधारित बोलाओ राइडिङ एप्सले जिल्लामा पहिलोपटक भाडा लिएर यातायात सेवा सुरु गरेको हो । बोलाओ राइडिङ एप्सले किलोमिटरका आधारमा भाडादर स्वतः निर्धारण गर्ने र यात्रुले नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको खोटाङ सुपरभाइजर दिनेश हिङ्माङले जानकारीले जानकारी दिनुभएको छ । “एप्समार्फत जिलाभरिका सेवाग्राहीले मोटरबाइक, अ...
भारतको कोइलाखानीमा ज्यान गुमाएकाको परिवारलाई नगरपालिकाको सहयोग

भारतको कोइलाखानीमा ज्यान गुमाएकाको परिवारलाई नगरपालिकाको सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय जानुभएका वडा नं. ५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ–२२ गते भएको विष्फोटमा परेर ज्यान गएको पुष्टि भएपछि नगरपालिकाले रु ५१ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो । गत असोज–९ गते मेघालय जानुभएका घरको अभिभावक रत्नको विष्फोटमा परेर ज्यान गएपछि परिवारका सदस्यलाई राहतस्वरुप घरैमा लगेर आर्थिक सहयोग रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । नगरपालिकाले उपलब्ध गराएको रकमको चेक शुक्रबार मृतक रत्नको श्रीमती मिना राई (तामाङ)लाई नगरप्रमुख राईले घरैमा लगेर प्रदान गर्नुभएको हो । दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन् । ज्यालाम...
मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुन नदिने तरिका सिकाउन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो । निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने कार्यालय प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “नमूना मतदान अभ्यास कार्यक्रमले मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुनुका साथै कर्मचारी व्यस्थापनमा सहजता हुने विश्वास गरिएको छ । यो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “नमूना मतदान अभ्यास कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा समेत जानकारी गराइन्छ । यसले आगामी निर...
एमाले खोटाङका उपाध्यक्ष आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति

एमाले खोटाङका उपाध्यक्ष आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)खोटाङका उम्मेदवार देवबिक्रम राईलाई विजयी गराउन जिल्ला उपाध्यक्ष कुमार आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । एमाले खोटाङको अध्यक्षसमेत रहनुभएका राईले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले जिल्ला उपाध्यक्ष आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, पार्टी केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु रहेका छन् । यस्तै, एमाले खोटाङका प्रचार विभाग प्रमुख खेमराज देउसाली...
देशभरका वौद्धिक वर्गको एउटै आवाज : डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र

देशभरका वौद्धिक वर्गको एउटै आवाज : डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १ फागुन । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएपछि जिल्लाको चुनावी माहोल तातिएको छ । यही फागुन–२१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रत्यक्षतर्फको उम्मेदवारी दिनुभएको हो । डा. रोका उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएसँगै देशभरका वौद्धिक वर्गले शुभकामना दिँदै जिताएर पठाउन खोटाङ्गे मतदातालाई आव्हान गरिरहेका छन् । अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक÷साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक÷साहित्यकारहरु डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका वौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताए...
भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, संगीत, समाचार, समाज
खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनु...
पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो । बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोग...