Thursday, July 30

खेलकुद

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो । प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दोसहित ४७ स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले रु ५० हजार, तेस्रो हुने विद्यालयले रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई रु ४० हजार, बास्पानी, सप्तेश्वरका सहभागी विद्यालयलाई रु ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु ३० हजार याताय...
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कास्य पदकसहित साबिक विजेता राधाकृष्ण माविले आठौँ संस्करण अन्तरगत आयोजित प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय तथा पाँच स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित बालबालिका माध्यमिक विद्यालय नौलाखर्क तृतीय भएको छ । २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि आयोजना गरिएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित विद्योदय माध्यमिक विद्यालय खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक कास्य पदहसहित सरस्वती माध्यमिक विद्यालय मात्...
साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक दिलकुमार देउजाले जानकारी दिनुभएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन आज (बुधबार) गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले पानसमा बत्ती बालेर गर्नुभएको...
नेर्पा स्पोर्टस् क्लबले जित्यो ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि

नेर्पा स्पोर्टस् क्लबले जित्यो ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आज (आइतबार) साँझ सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राईब्रेकरमा पाँच–चारको गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले प्रथम उपाधि जितेको हो । बुइपाका स्थायी बासिबन्दा ८२ वर्षीय वृद्ध प्रभुराम राईको सम्मानमा उहाँको परिवारका सदस्यको प्रायोजन तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल ...
प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सुरु भएको सर्वाधिक राशिको ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी यात्रा सुरु गरेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा बुधबार बेलुका भएको उद्घाटन खेलमा बुइपा–११ ले ऐसेलुखर्क गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो । आयोजक बुइपा–११ का लागि प्रविन राईले दुई गोल तथा डिकेन राई र मिलन राईले एक–एक गोल गर्नुभएको थियो । खेलमा बुइपा–११ का लागि दुई गोल गर्नुभएका प्रविन राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ । छनोट चरणको जितसँगै आयोजक बुइपा–११ क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । यही माघ–११ गतेसम्म सञ्चालन हुने आमन्त्रित फुटबल प्रतियोगिता अन्तरगत भोलि माघ–८ गते बिहीबार तीन खेल हुने जनाइएको छ । पहिलो खेल खरम्बु स्पोर्टस क्लबले खोट...
छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई  

छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई  

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २९ पुस । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालय धितुङले जितेको छ । नगरपालिकाभित्र सञ्चालित १३ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित बुलापन्थे माविले छैटौँ नगरपालिकास्तरीय प्रतियोगिताको उपाधि जितेको हो । हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा सञ्चालन गरिएको नगरपालिकास्तरीय प्रतियोगितामा दुर्छिम मावि दुर्छिम दोस्रो भएको छ । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित दुर्छिम मावि दोस्रो भएको आयोजकले जनाएको छ । भलिबल, कबड्डी र एथलेटिक्सका १५ ईभेण्डमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र एक कास्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मङ्गलटार तेस्रो भएको छ । यस अघ...
हलेसी तुवाचुङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हलेसी तुवाचुङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २६ पुस । हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शैक्षिक सुधारसँगै खेल क्षेत्रलाई पनि विद्यालयस्तरबाटै विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । नगरपालिकाभरिका १२ सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले जानकारी दिनुभएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा वडा नं. १० अर्खौलेको बिजुलेस्थित साल्पा खेल मैदानमा सुरु भएको प्रतियोगिता पुस–२८ गतेसम्म सञ्चालन हुनेछ । भलिबल, कबड्डी र एथलेटिक्स अन्तरगत १५ इभेन्टमा विद्यालय र विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोग...
माघ–७ गतेबाट बुइपामा ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता

माघ–७ गतेबाट बुइपामा ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १५ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सर्वाधिक राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बुइपा–११ स्पोर्टस् क्लब बुइपा खोटाङको आयोजना तथा बुइपाका स्थानीयवासी प्रभुराम राई परिवारको प्रायोजनमा आगामी माघ–७ गतेदेखि ११ गतेसम्म ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । बुइपास्थित यलम्बर रङ्गशालामा सञ्चलन हुने आमन्त्रित पुरुष फुटबल प्रतियोगिताका विजेतालाई नगद रु तीन लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले मङ्गलबार दिक्तेलस्थित होटल शुभदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबका खेलाडी सहभागी हुने प्रतियोगिताका उपविजेताले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सेमिफाईनलिष्ट दुईवटा समूहलाई नगद र...
दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, कमजोर व्यवस्थापनले सहभागीमा छैन उत्साह

दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, कमजोर व्यवस्थापनले सहभागीमा छैन उत्साह

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगर चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरभित्रका २१ वटा सामुदायिक तथा दुईवटा संस्थागत मावि, दुईवटा आधारभूत विद्यालय र दिक्तेल बहुमुखी क्याम्पसको सहभागिता रहेको छ । चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ५४ इभेन्टमा ५४ स्वर्ण, ५४ रजत र ७८ रजतगरी १८६ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सरस्वती माविका प्रधानाध्यपक शिवहरी ढकालले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । पाँच दिनसम्म ...
खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा

कोशी प्रदेश, खेलकुद, शिक्षा, समाचार, समाज
खोटाङ, २९ कातिक । श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङ खोटाङले आयोजना गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. ८ दोर्पाबुवालुङले जितेको छ । विद्यालयको ६५ औँ वार्षिक उत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता बुवालुङले नगद रु २५ हजार र उपविजेता नेर्पाले रु १५ हजारसहित ट्रफी हात पारेको छ । लफ्याङस्थित श्री माविको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल खेलको सुरुवातदेखि नै नेर्पालाई दबाबमा राख्दै बुवालुङले पहिलो, तेस्रो र चौथो सेट जित्दा नेर्पाले एक सेट मात्रै जितेको थियो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिकाका प्रमुख एवम् विद्यालयका पूर्वविद्यार्थी रविप्रकाश राई, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान र...