खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर दुईजना पुरुषको मृत्यु
खोटाङ, २४ वैशाख । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकैदिन दुईजना पुरुषको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँमा विस्तार गरिएको विद्युत अवरुद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिनुभएको छ । तीन छोरा र एक छोरीको बुबा आनन्दको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उता, महादेवस्थानका सुनिलको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष एवम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनु...









