Friday, July 31

Author: खाँटी कुरा

दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रम अन्तरगत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भानुभक्तको सालिक पुनः निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाईल जडान, रङरोगन...
दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक

दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक

कोशी प्रदेश, गृह पृष्ठ, राजनीति, समाचार, समाज
खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाँचवटा कार्यविधि तथा विधेयक पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२ र आर्थिक वर्ष २०८२÷८३ को केही बजेट, योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव शनिबार आयोजित १४ औँ नगरसभाले पारित गरेको हो । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित नगरसभामा नगरसभा सदस्य एवम् वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद चौलागाईँले विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले अर्थ तथा सार्वजनिक लेखा समित...
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ चैत । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । पूर्वाधार विकास कार्यालयसँग २६ वटा योजनामा ठेक्का सम्झौता गर्ने १९ वटा निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा.लि. काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा.लि. धादिङ, शान्तिभूमी कन्ट्रक्सन प्रा.लि. खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्ट्रक्सन खोटाङ, निर्मा मन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. खोटाङ, रानासाम्पाङ कन्ट्रक्सन प्रा.लि. खोटा...
सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारको व्याङ्ग्यात्मक विरोध

सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारको व्याङ्ग्यात्मक विरोध

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, सूचना प्रविधि
खोटाङ, २० चैत । निजी क्षेत्रका सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्ने नेपाल सरकारको निर्णयविरुद्ध खोटाङका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी कार्यालयबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय तत्काल सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घ खोटाङमा आवद्ध पत्रकारहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । सरकारको निर्णयलाई विरोध जनाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले शुक्रबार व्याङ्ग्यात्मक रुपमा सरकारलाई रु एक उपहार पठाएको छ । पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्य नेतृत्वको टोलीले खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै रु एक उपहार पठाएका हुन् । सरकारको यो निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई पूर्णरुपमा बन...
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० चैत । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आफ्ना जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित सबै समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले आज (शुक्रबार) सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्तिसुरक्षा सम्बन्धी समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । गृहमन्त्री गुरुङको कार्यकक्षमै पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडारेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीहरु स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्था...
दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ३४७ बालबालिकाले सबै खालका खोपको मात्रा पाएको निश्चत भएपछि आज (बिहिबार ) नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनश्चिति नगरपालिका घोषणा गर्नुभएको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थिति अ...
दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

दिक्तेलमा नि:शुल्क शल्यक्रियासहितकाे आँखा उपचार शिविर सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा बिहीबारदेखि तीनदिने निःशुल्क शिविर सुरु भएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकलाई चश्मा वितरण, आँखाको शल्यक्रियापछि कालो चश्मा तथा औषधि वितरण गरिने नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभएको छ । शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोली दिक्तेल आएको छ जनाइएकाे छ । शिविरबाट एक हजार १०० जना भन्दाबढी नागरिकलाई सेवा दिने लक्ष्य राखिएको सभापति कसजुले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा नेपाल नेत्र...
नेपाली सेनाको स्वास्थ्य शिविरमा २०८ जनाले लिए निःशुल्क सेवा

नेपाली सेनाको स्वास्थ्य शिविरमा २०८ जनाले लिए निःशुल्क सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ चैत । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं. फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिकाको रतन्छामा आज (सोमबार) आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र दश जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् । नागरिक–सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछानेले जानकारी दिनुभएको छ । “दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरको माध्यमबाट नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका ...
बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध ¥याली प्रदर्शन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ १६ चैत । बाँदरको समस्य हल गर्न माग गर्दै जिल्लाका किसानले कृषि औजारसहित दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका छन् । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित आज (सोमबार) दिक्तेल बजारमा बिरोध ¥याली प्रदर्शन गरेका हुन् । कृषि औजारसहित बिरोधमा उत्रिएका जिल्लाका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट सुरु भएको बिरोध ¥याली त्रिवेणीचोक–भानुचोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर टुङ्गिएको थियो । बिरोध ¥याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परि...
रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु

रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १४ चैत । रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु पाँच करोड ११ लाख ४६ हजार बजेटमा पुल निर्माणको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा आर के देन्धुप जे.भी सोलुखुम्बुले रु दुई करोड ८९ लाख ७५ हजार २८८ बजेटमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ जेठ–३१ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार १५ मिटर लामो मोटरेबल पक्की पुल निर्माण गरिने जनाइएको छ । लोचाखोलामा निर्माण हुने मोटरेबल पक्की पुलले रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र स...