Saturday, August 1

राजनीति

फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २१ पुस । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता कायम भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८, खोटेहाङ गाउँपालिकामा १५ हजार १७, जन्तेढुङ्गा गाउँपालिकामा दश हजार २३९, ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ८८३, केपिलासगढी गाउँपालिकामा दश हजार ९७८, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६, बराहपोखरी गाउँपालिकामा नौँ हजार ३५४, रावाबेँसी गाउँपालिकामा नौँ हजार ७३० तथा साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता कायम भएका छन् । जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जना मतदाताले अन्तर जिल्...
मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान पक्राउ

मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहान पक्राउ पर्नुभएको छ । दिक्तेल बजारका खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहानलाई प्रहरीले आइतबार साँझ घटनास्थलबाटै पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेको र खत्रीकी श्रीमती तथा सोही घरमा कोठा बस्दै आउनुभएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहाललाई हेल्मेटले प्रहार गरेको आरोप छ । घटनापछि वडाध्यक्ष चौहानलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका वडाध्यक्ष चौहानलाई प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । तोडफोड तथा कुटपिटमा संलग्न वडाध्यक्ष चौहानविरुद्ध सोमबार प्रहरीमा जाहेरी दर्ता गराएर कारबाही...
पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २० पुस । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो, गुफाभित्र जम्मा भएका फोहर तथा गुफामाथि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको रतन्छाका स्थानीयवासीले बताएका छन् । लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासको काम प्रारम्भ गरेको छ । आगामी दिनमा...
काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि रुद्र गिरी रास्वपा प्रवेश

काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि रुद्र गिरी रास्वपा प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १५ पुस । नेपाली काँग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि रुद्र गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा मङ्गलबार आयोजित कार्यक्रममा माधिवेशन प्रतिनिधि गिरी काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएको हो । राष्ट्रिय झण्डा ओढेर रास्वपाको केन्द्रीय कार्यालय पुग्नुभएका गिरीलाई पार्टीका उपसभापति डिबी अर्यालले खादा लगाएर स्वागत गर्नुभएको थियो । पूरानो पार्टीले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूसँगै सय जनाभन्दा बढी काँग्रेससहित विभिन्न पार्टीका कार्यकर्ता लिएर रास्वपा प्रवेश गरेको गिरीले बताउनुभएको छ । काँग्रेस परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीले पार्टीले दिएको जिम्मेवारीको आधारमा सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काँग्रेस खोटाङको सातौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गिर...
साकेला गाउँपालिकामा प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

साकेला गाउँपालिकामा प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १५ पुस । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत सोमबार वडा नं. ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं. ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो । सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वः स्फूर्त जनश्रमदानमा जुटेका छन् । स्थानीय नागरिकले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन् । विशेषगरी वडा नं. ३ खिदिमाका नागरिकले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन् । जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिन...
जीर्ण भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ बल्ल स¥यो आफ्नै सुविधायुक्त भवनमा

जीर्ण भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ बल्ल स¥यो आफ्नै सुविधायुक्त भवनमा

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ पुस । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समिति (गाविस)को पूरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको हो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्यचौकीको दुईतले पक्की भवनको भूइँतलामा पाँच तथा माथिल्ला तलामा चार कोठा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८१ मा रु ७२ लाख बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्यचौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८२ मा नगरपालिकाले रु ३५ लाख ३४३ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा रु एक करोड सात लाख ३४३ लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार रा...
हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले आज (शनिबार) एकता सन्देशसभा गरेको छ । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित १६ वटा राजनीतिक दलबीच एकता भएपछि नगरपालिका कार्यसमितिले पनि एकता सन्देशसभा गरेको हो । त्रिधार्मिकस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्यहरु समिता कार्की ‘अस्मिता’, राजन राई, कुलप्रसाद फुयाँल, अमेम्बर राई र तेजमाया राई, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा नेताहरुले देशको आवश्यकता र जनभावनाअनुसार विभिन्न १६ वटा कम्युनिष्ट विचारधारा पार्टीहरुबीच एकता गरिएको बताएका छन् । एकता सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेको जिल्ल...
नेकपा खोटाङबाट प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस

नेकपा खोटाङबाट प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा खोटाङको दिक्तेलस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) बसेको केन्द्रीय प्रतिनिधि तथा जिल्ला सचिवालय समितिको बैठकले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ जेनजी उमेर समूह तथा शहीद परिवारको सदस्यका तर्फबाट प्रतीक कार्की, पूर्व सांसद् एवम् केन्द्रीय पार्टी अनुसाशन आयोगका अध्यक्ष टङ्क राई, अर्थ÷राजनीतिक विश्लेषक एवम् संविधासभा सदस्य हरि रोका, पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमनत्री रामकुमार राई ‘पासाङ’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, नेताहरु भीम राई र शम्भु घिमिरेको नाम सिफारिस गरिएको जिल्ला संयोजक दिपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । प्रतिनिधिसभ...
जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ११ पुस । जन्तेढुङ्गा गाउँपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको छ । देशभर जाडो बढेसँगै आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई चिसोका कारण लाग्ने विभिन्न प्रकारका रोगबाट बचाउन गाउँपालिकाले न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाभित्रका ५१५ जना जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गर्ने कार्यक्रम अनुसार पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा २९ जना जेष्ठ नागरिकलाई वितरण गरिएको छ । ‘हाम्रो साझा अभियान, जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मुल नाराका साथ गाउँपालिकाको कार्यालय चिसापानी बजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरु गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको न्यानो ज्याकेट पाएपछि हर्षित भएका छन् । गाउँपालिकाभित्र रहनुभएका बाँकी ४८६ जना जेष्ठ नागरिकलाई भने ...
एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १० पुस । नेपाली साँगीतिक जगतका चर्चित गायिका सत्यकला राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता खगेन्द्र राई एउटै घरका दाजु–बहिनी हुनुहुन्छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा स्थायी घर भएका दाजु–बहिनी खगेन्द्र र सत्यकला आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । चर्चित गायिका सत्यकला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तथा खगेन्द्र एमालेबाट समानुपातिक उम्मेदवारको रूपमा खोटाङबाट सिफारिस हुनुभएको सम्बन्धित राजनीतिक दलले जानकारी दिएको छ । सयौँ चर्चित नेपाली गीतमा स्वर दिइसक्नुभएकी गायिका सत्यकलालाई रास्वपा खोटाङले समानुपातिक तर्फको प्रारम्भिक उम्मेदवारको सूचीमा १ नम्बरमा समावेश गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारको नाम भने केही दिनपछि टुङ्ग्याउनेगरी समानुपातिक तर्फको नाममात्र सिफारिस गरिएको रास्वपा खोटाङका...