तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र
खोटाङ, २२ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र प्रशासन कार्यालयमा पेस गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई लिखित रुपमा पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरूको अद्यावधिकसहितको विवरण पेस गर्न लिखित आग्रह गरेको हो ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरू पहिचान गरी उक्त जग्गाहरूको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई सोमबार पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको हार्ड र सफ्ट दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको यही वैशाख–१६ गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकार...









