Friday, July 31

समाज

नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणको काम सुरु 

नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणको काम सुरु 

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, १३ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा मोहन एण्ड बेँसीगाउँ–रुपाकोट–सरस्वती जे.भी. खोटाङले रु दुई करोड छ लाख ४१ हजार ५४६ मा सम्झौता गरेर पत्रकार महासङ्घको कार्यालय भवन निर्माणको काम सुरु गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “पत्रकार महासङ्घको भवन चार कोठाको साढे दुई तले बन्छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ पुस–२३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “पूर्वाधार कार्यालयको तर्फबाट निर्माण कम्पनीलाई सक्दो सहयोग हुनेछ । तोकिएको मितिभित...
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पन्ध्र दिने रामनवमी मेला

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पन्ध्र दिने रामनवमी मेला

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । हलेसीमा लागेको रामनवमी मेला भर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आएका छन् । रामनवमी मेला भर्न हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउनाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । रामनवमी मेला भर्न हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभएको छ । “रामनवमीमा पञ्चेबाजासहित गहना लगेर महादेव ...
रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग

रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन माग गर्दै संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । पीडित परिवार र अधिकारकर्मीहरूले बुधबार प्रशासनका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईलाई ज्ञापनपत्र बुझाउँदै घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको र घटनामा संलग्न दोषीहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । गत भदौ–३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत कर्मचारी रेश्मिका कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक तथ...
रोजगारीको खोजीमा हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु

रोजगारीको खोजीमा हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ चैत । रोजगारीको खोजीमा भारतको हैदरावाद पुग्नुभएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भँडारेका २५ वर्षीय तीलक परियारको सवारी दुर्घटनामा मृत्यु भएको छ । होटलमा काम गर्नका लागि साथीहरूसँगै यही चैत–५ गते हैदरावाद पुगेकै भोलिपल्ट चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर भाइते हुनुभएका तीलकको उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो । धन कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तीलकले गाडी दुर्घटनामा ज्यान गुमाएको खबर प्राप्त भएको स्थानीय अगुवा अमरसिं बस्नेतले जानकारी दिनुभएको छ । हैदरावाद गएर होटलमा काम गर्ने भन्दै तीलक गाउँकै साथीहरु सन्तोष परियार र कृष्ण परियारको साथमा चैत–२ गते घरबाट हिँड्नुभएको थियो । पैदल तथा गाडीको बाटो हुँदै चैत–५ गते साथीहरुसँग हैदरावाद पुग्नुभएका तीलकलाई चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । पैदल यात्रा गरेर सडक पार गर्नेक्रम...
बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा रु पाँच लाखको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व. छोराहरु राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् । मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राई ‘एक्ले’ले बताउनुभएको छ । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्यहरु मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।” मुग...
दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “हाम्रो नगरमा धेरैजना नागरिक स्वास्थ्य सेवा नपाएर बसेका थिए । उनीहरुलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको...
दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुई–दुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो । शुद्धीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयहरुलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताउनुभएको छ । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिदगरी विद्यालयहरुलाई हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विद्यालयहरूमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धिकरण गरी सुरक्...
हावाहुरी पीडित परिवारलाई हलेसी तुवाचुङले जस्तापाता उपलब्ध गराउने

हावाहुरी पीडित परिवारलाई हलेसी तुवाचुङले जस्तापाता उपलब्ध गराउने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडित परिवारलाई राहत स्वरुप घरको छाना लगाउनका लागि जस्तापाता वितरण गर्ने भएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएका पीडित परिवारलाई नगरपालिकाले जस्तापाता प्रदान गर्ने निर्णय गरेको हो । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएको छ । हावाहुरीले वडा नं.–१ बाहुनीडाँडाका १२, वडा नं.–२ डिकुवाका चार, वडा नं.–३ च्यास्मीटारका २८, वडा नं.–८ धितुङका तीन र वडा नं.–११ राजापानीका पाँच घर स्थानीयवासीकामा क्षति पु¥याएको जनाइएको छ । हावाहुरी पीडित परिवारलाई पुनः स्थापित गराउन नगरपालिकाको तर्फबाट जस्तापाता प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “घरको छाना उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य छन् । उनीहरुलाई नगरपालिकाले तत्...
खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा युएसजी–रक्तकन्या–हिमश्रृङखला जे.भी. काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार आज (बिहीबार)देखि ठीक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । ठेकेदार कम्पनीसँगको सम्झौता अनुसार आहालेदेखि याम्खासम्म आठ दशमलव दुई किलोमिटर सडक कालोपत्र गरिने जनाइएको छ । उक्त सडकले खानीडाँडा हुँदै खोटाङ जिल्...
हावाहुरीको बितण्डा : घर, विद्यालय र सरकारी कार्यालयको छाना उडाउँदा लाखौँको क्षति

हावाहुरीको बितण्डा : घर, विद्यालय र सरकारी कार्यालयको छाना उडाउँदा लाखौँको क्षति

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ चैत । यही चैत–२ गते राति असिनापानीसँगै चलेको हावाहुरीले खोटाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयको घर, विद्यालय भवन, स्वास्थ्यचौकी र प्रहरी चौकी लगायतको छाना उडाउँदा लाखौँको क्षति भएको छ । राति करिब ८ः०० बजेबाट सुरु भएको असिनापानीसहितको हावाहुरीले विभिन्न स्थानीय तहमा बसोवास गर्दै आएका व्यक्तिको ६८ वटा घरको जस्तापाता तथा फुसको छाना उडाउँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नौँवटा घरको छाना उडाउँदा रु दश लाख ९० हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठवटा घरको छाना उडाउँदा रु १२ लाख दश हजार तथा एक घरमा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा चारवटा घरको छाना उडाउँदा रु तीन लाख ५० हजार तथा ३७ वटा घरमा पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको ज...