युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने
खोटाङ, ११ असोज । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउनेगरी अभियान सञ्चालन गर्ने भएको हो ।
दसैँको अवसरमा यही असोज–१६ गतेदेखि १९ गतेसम्म तथा तिहारको अवसरमा आगामी कातिक–५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । उसबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो ...
