Monday, September 14

समाचार

वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउँछन् धाप्लाङघाटवासी !

वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउँछन् धाप्लाङघाटवासी !

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १६ असार । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यवसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् । विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको वर्षौदेखिको मुख्य व्यापारिक केन्द्र धाप्लाङघाटमा किनमेल तथा आवतजावत गर्ने सयौँ मानिसको दैनिक भीड लाग्ने गर्छ । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा १८ घर स्थानीय वर्षौदेखि बसोवास गर्दै आएका छन् । नौँ घर मगर, चार घर दाहाल खत्री, दुई घर श्रेष्ठ तथा माझी, परियार र तामाङको एक÷एकवटा घर छन् । हरेक घरमा पसल तथा होटल सञ्चालनमा छन् । वर्षौँदेखि स्थानीयको बसोवास रहेको धाप्लाङघाटको दायाँ र बायाँको जमिन वर्षाद्को समयमा सुनकोशी नदीमा आउने बाढीले निरन्तर कटान गरिरहेको छ । छिमेकी जिल्ला उदयपुरको गाईघाट बजार नजिक पर्ने धाप्लाङघाटको तल्लो क्षेत्रमा अहिले पनि न...
जन्तेढुङ्गा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

जन्तेढुङ्गा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ असार । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ श्ययाको आधारभूत अस्पताल भवन अलपत्र बनेको छ । हरेक स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार निर्माण सुरु गरिएको १५ श्ययाको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको हो । वि.सं. २०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले वि.सं. २०७८ असार–२५ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशतमात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभएको छ । निर्माणाधीन अवस्थामै अलपत्र बनेको आधारभूत अस्पताल भवनको दुईवटा ब्लकमध्ये एउटामात्र ठडिदै गरेकोमा त्यो पनि बीचैमा छाडिएको...
घर्तीभिरको चट्टान फुटाइयो, तराई जोड्ने छोटो दूरीको सडक सञ्चालन गर्ने तयारी

घर्तीभिरको चट्टान फुटाइयो, तराई जोड्ने छोटो दूरीको सडक सञ्चालन गर्ने तयारी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १४ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको जनाइएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको रु दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभएको छ । ठेकेदार ...
महिलासँग एउटै कोठामा फेला परेका खेलकुद अध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी

महिलासँग एउटै कोठामा फेला परेका खेलकुद अध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी

अपराध, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ असार । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ । एक महिलासँग बिहीबार राति एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा पक्राउ परेका अध्यक्ष राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको हो । स्थानीयले दिएको जानकारीको आधारमा प्रहरी नियन्त्रणमा परेका जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेत राईविरुद्ध जबरजस्ती करणीमा शुक्रबार साँझ जाहेरी परेको जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । “स्थानीयले एक महिलासँग राति एउटै कोठामा भेटेपछि रमेश राईलाई नियन्त्रणमा लिएका रहेछन् । उनीहरुले शुक्रबार बिहान २ः४५ बजे प्रहरीलाई घटनास्थलमा बोलाएर बुझाएका थिए”, उहाँले भन्नुभयो, “दिनभर कोही सम्पर्कमा आएनन् । बेलुकी जाहेरी आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइको छ ।” जब...
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम : विवाहपछि पढाइ छाडेका महिलाका लागि वरदान

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम : विवाहपछि पढाइ छाडेका महिलाका लागि वरदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १० असार । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले वि.सं. २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको थियो । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिनुभयो । एलिना र दिनेशको दुई सन्तान (छोरा र छोरी) छन् । विवाह लगत्तै लगातार दुई सन्तानलाई जन्म दिनुभएका एलिना र दिनेशको पहिलो सन्तान छोरा कक्षा–३ र छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् । एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिनुभएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको छ । विवाह बन्धनमा बाँधिएका कारण बीचैमा पढाइ छाड्नुभएकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो । एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, द...
दिक्तेल रुपाकोट मझुवागढीको नीति तथा कार्यक्रम : बाँदर धपाउन रु ४५ लाख बजेट

दिक्तेल रुपाकोट मझुवागढीको नीति तथा कार्यक्रम : बाँदर धपाउन रु ४५ लाख बजेट

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ असार । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५ औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा बाँदर लगायतका हानीकारक वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ बजेट विनियोजन गर्नुभएको हो । बाँदरको समस्यलाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र...
स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न बराहपोखरीमा आधारभूत पत्रकारिता तालिम

स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न बराहपोखरीमा आधारभूत पत्रकारिता तालिम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ६ असार । स्थानीयस्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ बराहपोखरी गाउँपालिकाले पाँचदिने आधारभूत पत्रकारिता तालिम उपलब्ध गराएको छ । गाउँकार्यपालिकाद्धारा स्वीकृत ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाभित्रका स्थानीयलाई सहभागी गराएर पत्रकारिता तालिम उपलब्ध गराएको हो । गाउँपालिकाको कार्यालय धर्तुङमा आयोजना गरिएको पत्रकारिता तालिममा सहभागीलाई सञ्चारमाध्यम, पत्रकार, समाचार, समाचारका तत्व, समाचार सङ्कलन, लेखन तथा सम्पादन, पत्रकार आचार संहिता लगायतका विषयमा जानकारी दिइएको छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई र प्रदेश परिषद् सदस्य केदार मगरले नेपाली पत्रकारिताको सैद्धान्तिक तथा व्यवहारिक विषयमा जानकारी दिन सहजीकरण गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीलाई फोटो पत्रकारिता, मोबाइल पत्रकारिता र अडियो÷भिडियो सम्पादन सम्बन्धी...
मुन्दुम ट्रेलको प्रवद्र्धन गर्न प्रवेशद्धारमा बृहत् साकेला सिली प्रदर्शन

मुन्दुम ट्रेलको प्रवद्र्धन गर्न प्रवेशद्धारमा बृहत् साकेला सिली प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ६ असार । साकेला गाउँपालिका–३ खिदिमास्थित मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशद्धार तावाभञ्ज्याङमा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । मौलिक संस्कृतिको संरक्षण एवम् मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यले साकेला सिली प्रदर्शन गरिएको हो । तावाभञ्ज्याङलाई मन्दुम ट्रेलको प्रवेशद्धार मानिन्छ । किरात समुदायको महान चाड उँभौलीको अवसर पारेर आयोजिना गरिएको कार्यक्रममा १५ टोलीले परम्परागत भेषभूषामा सजिएर ढोलझ्याम्टासहित मौलिक साकेला सिली प्रस्तुत गरेका थिए । वडा कार्यालय खिदिमाले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शन कार्यक्रममा किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिति मोरङले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै, किरात राई यायोक्खा साकेला गाउँपालिका–२ रतन्छाको पिनालाखा दोस्रो, किरात राई यायोक्खा दोर्पा तेस्रो र पारुहँ सेवा समाज रतन्छा साल्मेले सान्त्वना स्थान प्राप्त गरेको वडाध्यक...
सङ्गठितरुपमा बैङ्किङ कसुर गरेको आरोपमा खोटाङका एक युवक पक्राउ

सङ्गठितरुपमा बैङ्किङ कसुर गरेको आरोपमा खोटाङका एक युवक पक्राउ

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ असार । बैङ्किङ कसुर गरेको आरोपमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थलीमा दर्ता भएको किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले आरोपित सरोजलाई बिहीबार पक्राउ गरेको हो । बैङ्किङ कसुरमा मुद्दा दर्ता भएपछि फरार बनेका सरोजलाई लुकिछिपी बसेको अवस्थामा डिकुवास्थित दाम्लीबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको सरोजलाई कानूनी प्रक्रिया पुरा गरेर थप कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ । बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेका सरोजसहित तीन जनाले वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको रु ७२ लाख ३७ हजार ३३५ ठगी गरेको किटा...
खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

#, अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३ असार । खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै खेलकुदसँग सम्बद्ध सङ्घ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बुधबार ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतोमा खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार गरेको पाइएको छ । दिक्तेलस्थित कृषि विकास बैङ्कमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनुका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । वि.सं. २०८१ माघ–१९ गते रु ३८ हजार, चैत–११ गते रु एक लाख २५ हजार, चैत–३१ ...